काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन्।
उनीहरूको साथबाट करिब १४९.११ ग्राम सुन फेला पारेको छ। नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम सुनसहित फेला पारी प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।