विराटनगर– मादक पदार्थ सेवनका क्रममा भएको विवादका क्रममा मोरङमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।
स्थानीय ४९ वर्षीय कृष्णकुमार श्रेष्ठले खुकरी प्रहार गर्दा लेटाङ नगरपालिका–३ स्थित दार्जिलिङ लाइनका ४१ वर्षीय ‘माइला’ भनिने राम श्रेष्ठ घाइते भएका हुन्। मादक पदार्थ सेवनकै क्रममा मंगलबार राति उनीहरुबीच विवाद भएको थियो।
खुकुरी प्रहारबाट घाँटीमा चोट लागेका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने कृष्णकुमार फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।