काठमाडौं– नेपाल वायुसेवा निगमले गत तीन वर्षको अवधिमा आफ्नो आम्दानीमा तीन गुणाले वृद्धि गरेको छ।
मंगलबार निगमले एक विज्ञप्ति जारी गर्दै तीन वर्षको अवधिमा निगमको आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ।
यस्तै महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको आर्थिक वर्ष २०७९/०८० मा प्रारम्भिक कूल आम्दान २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ रहेको बताइएको छ।
आर्थिक वर्ष २०७७/२०७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेकोमा गत आवमा तीन गुणाले वृद्धि भएको दाबी गरिएको छ। यस्तै आर्थिक वर्ष २०७८/२०७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ रहेको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।