विराटनगर– झापाको अर्जुनधारा नगरपालिकामा आज नालीमा डुबेर एक बालकको मृत्यु भएको छ।
वडा ९ निवासी सोमनाथ अधिकारीका साढे २ वर्षीय छोरा सन्दर्भको नालीमा डुबेर मृत्यु भएको हो। आँगनमा खेलिरहेका बालक लडेर नालीमा खसेका थिए।
बालकलाई तत्काल बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएपनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
यसैबीच मंगलबार मोरङको धनपालथान गाउँपालिका–६ स्थित लोहान्द्रा खोलाले बगाएर स्थानीय ४५ वर्षीय अमरेश सहनीको मृत्यु भएको थियो।
हातखुट्टा धुने क्रममा अचानक चिप्लिएर खोलामा लडेका सहनीको शव १ किलोमिटर तल कटहरी गाउँपालिका–४ स्थित लोहन्द्रा पुल नजिकै फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।