• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

न उचित मूल्य न अनुदान, सधैं पीडामा उखु किसान

64x64
कल्पना घिमिरे शनिबार, मंसिर ३०, २०८०  ०८:५५
1140x725

काठमाडौं– सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोक्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीले जानकारी दिइन्।

जसमा सरकारले अनुदान बापतको रकम प्रतिक्विन्टल ७० रुपैयाँ दिइने उनको भनाइ छ। सो मूल्य चित्तबुझ्दो नभएको भन्दै किसानले असमति जनाएका छन्।

सिरहाका उखु किसान तथा उखु किसान समितिका प्रतिनिधि श्यामबाबु रायले सरकारले गरेको प्रस्तावित मूल्य स्वीकार गर्न नसकिने बताए। ‘७ वर्षअघिको सम्झौताअनुसार, चिनीको मूल्य प्रतिकिलो १ रुपैयाँ बढ्दा उखुको मूल्य प्रतिक्विन्टल ७ रुपैयाँ बढ्नु पर्ने हो। र त्यसमा सरकारले दिने अनुदान रकम छुट्टै हुन्छ,’ रायले भने।

यो पनि पढ्नुहोस

सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मारमा, लगाउन पाएनन् हिउँदे बाली

गतवर्ष चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ थियो, अहिले ९५ रुपैयाँ पुगेको छ। जसअनुसार चिनीमा २५ रुपैयाँ बढेको छ। त्यो पुरानो सम्झौताअनुसार जाने हो भने १४० रुपैयाँ हुने राय बताउँछन्। सरकारले दिने अनुदान पनि चिनी प्रतिकिलो ७० रुपैयाँ हुँदा ७० रुपैयाँ अनुदान दिइएको थियो। चिनीको मूल्य अनुसार सरकारले दिने अनुदान पनि ९५ हुनुपर्ने आफूहरुको माग रहेको राय बताउँछन्।

‘उद्योगले अहिले चिनीको मूल्य ७० रुपैयाँ तोकोस्, हामी यो मूल्यमा सहमत छौं। जनताले पनि सहुलियत मूल्यमा चिनी खाउन्। जनताले चर्को मूल्य उद्योगीलाई तिर्ने हामी किसानले चाँहि उचित मूल्य नपाउने?  उद्योगीलाई मूल्य बढ्ने हामीलाई नबढ्ने किन?’ राय प्रश्न गर्छन्।

पाँच वर्ष अघिको उत्पादन लागतअनुसार मूल्य तोकियो
पाँच वर्षअघिको उत्पादन लागत अनुसार यो वर्षको उखुको मूल्य तोकिएको उनको आरोप छ। ‘मंसिर १७ गते भएको बैठकमा ५ वर्ष पुरानो लागतअनुसार मूल्य तोकियो। त्यो लागत मूल्य भएको कागज हामीलाई देखाउनुस् भन्दा देखाइएन। प्रोजेक्टरमार्फत् देखाएर फोटो खिच्न पनि अनुमति दिइएन। कृषि मन्त्रालयका कर्मचारी र उद्योगीको  चलखेलमा यो मूल्य तोकिएको छ,’ उनले भने।

यो पनि पढ्नुहोस

अझै निर्धारण हुन सकेन उखुको मूल्य, बजेट अभाव देखाउँदै गत वर्षकै अनुदान भुक्तानीमा आनाकानी

कुनै हालतमा प्रस्तावित मूल्य स्वीकार नगर्ने राय दाबी गर्छन्। बरु आनदोलनमा उत्रिने उनको अडान छ। यस्तै सरकारले गत वर्षको अनुदान रकम सरकार निकट नेताको क्षेत्रका किसानलाई मात्रै वितरण भएको आरोप लगाए।

‘किसानहरुले दु:ख गर्ने, तर मज्जा लिने उद्योगपति र कमिसन खाने नेताहरु? न उचित मूल्य छ न अनुदान, सधैं पीडामा उखु किसान?’ उनले थपे, ‘आर्थिक वर्षको सुरुमा दिइने भनिएको अनुदान एक वर्ष बित्यो, तर पाइएन। हामीले घरबार चलाउनु पर्दैन? कसरी बालबच्चा पढाउने?’

Ncell 2
Ncell 2
nimb
nimb

अनुदान रकम सर्लाही कन्चनपुर र नवलपरासीका किसानले पाउन सकेका छैनन्। सर्लाही जिल्लामा कूल ४१ करोड रकम भुक्तानी गर्नु पर्नेमाम ९ करोड मात्रै भुक्तानी गरेको र ३२ करोड अझै बाँकी रहेको बताए। सरकारले नै समयमा रकम भुक्तानी नगर्दा आफूहरु ठूलो मारमा परेको बताए।

यो पनि पढ्नुहोस

किन समयमा भुक्तानी गर्न सकेन सरकारले उखु किसानको अनुदान रकम?

‘सरकारले न त समयमा मूल्य तोकिदिन्छ न त भुक्तानी नै गर्छ। किसानले उत्पादन अनुसार मूल्य पाइरहेका छैनन्। अब उखु खेतिबाट किसान विस्तारै पलायन हुनु पर्ने अवस्था छ,’ रायले भने।

यस्तै सर्लाहीका गौडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्रकुमार यादवले सो प्रस्तावित मूल्यप्रति असहमति जनाएका छन्। एकलौटी मन्त्रालयले उखुको मूल्य निर्धारण गरेको र पुन: त्रिपक्षीय वार्ता बोलाइ उखुको उचित मूल्य निर्धारण गर्न माग गरेका छन्। यस्तै यादवले गत आवको किसानको अनुदान रकम तत्काल भुक्तानी गर्न सरकार समक्ष माग गरेका छन्।

यस्तै प्रतिनिधि सभा सदस्य अमरेशकुमार शिंहसमेतले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारले किसानलाई अनुदान रकम नदिइ व्यापारी र बिचौलियालाई पोस्ने काम  गरेको आरोप लगाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस

८ वर्षदेखि अनुदान नपाएका उखु किसान धर्नामा, उद्योग मन्त्री भन्छन्- भर्खर थाहा पाएँ

‘यो किसानमारा सरकार उखु किसानको अनुदान रकम भुक्तानी नै नदिइ केबल व्यापारी र बिचौलियालाई पोस्ने काम गरेको छ। उखुको मूल्य निर्धारणमा पनि प्रधानमन्त्री कार्यालयले दबाब दिनु घोर निन्दनीय छ। उखु किसानको बाँकी रहेको अनुदान रकम जति सक्दो चाडो भुक्तानी दिइनुपर्छ र उखुको उचित मूल्य निर्धारण गर्नु पर्छ। चाँडो भुक्तानी नदिए किसानहरुसहित सिंहदरबार घेर्न आउनेछु,’ उनले भनेका छन्।

सबैको चित्त कहाँ बुझाउन सकिन्छ र?– मन्त्रालय
मन्त्रालयले किसानको उत्पादन लागत, उखु क्रसिङ तथा चिनी उद्योगमा पुर्‍याउँदा लाग्ने लागत सबै खर्च जोडेर त्यसमा २० प्रतिशत नाफा राखी मूल्य तोकिएको शिवाकोटी बताउँछिन्। किसानले स्वीकार नगरे पनि मन्त्रालयले सोही मूल्य मन्त्रिपरिषद्‌मा पठाउने शिवाकोटी भनाइ छ।

यो पनि पढ्नुहोस

१ वर्षदेखि सरकारले नै रोकेको छ उखु किसानको १ अर्ब ३२ करोड रुपैयाँ

‘सबैको चित्त बुझाउन कहाँ सकिन्छ र? हामीले पनि किसानलाई फाइदा राखेरै मूल्य निर्धारण गरेका हौं। गत वर्षको मूल्यभन्दा प्रतिक्विन्टल २५ रुपैयाँ बढाएका छौं। यसमा मन्त्रिपरिषद्ले पनि थपघट गर्न सक्छ’, शिवाकोटी भन्छिन्। 

यस्तै सरकारले चिनीको मूल्य हेरेर उखुको मूल्य निर्धारण गर्न नमिल्ने उनको दाबी छ। ‘चिनीको मूल्य के कति बढ्यो भनेर त्यस अनुसार मूल्य तोक्ने होइन। चिनीको मूल्य बढे नबढेको बारे उद्योग मन्त्रालयको काम हो। हामीले किसानको उत्पादन लागत, ढुवानी भाडा अनुसार मूल्य प्रस्ताव राख्छौं,’ उनले भनिन्।

गतवर्ष पनि सरकारले प्रस्ताव गरेको मूल्यमा किसानले असहमति जनाएको तर मन्त्रिपरिषद्‌बाट ५ रुपैयाँ थप गरेर प्रस्ताव गरेको उनको भनाइ छ। गतवर्ष उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ मन्त्रिपरिषद्‌बाट स्वीकृत गरिएको थियो। जसमा सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्