• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

किन समयमा भुक्तानी गर्न सकेन सरकारले उखु किसानको अनुदान रकम?

64x64
कल्पना घिमिरे सोमबार, मंसिर ११, २०८०  ०७:२३
1140x725

काठमाडौं– दीपावली आउन तीन दिन बाँकी थियो। उखु किसान श्यामबाबु रोयको बैंक खाताको घण्टी बज्यो। रोयले छोरालाई म्यासेज पढ्न लगाए।

उखुको अनुदान रकमको म्यासेज रहेछ। छोराले म्यासेज पढेपछि थाहा पाए, सरकारबाट उनले पाउनुपर्ने रकमको २० प्रतिशत अर्थात् २१ हजार रुपैयाँ पठाएको रहेछ।

‘मैले अनुदानको रकम १ लाखमाथि पाउनुपर्ने हो, तर २१ हजार रुपैयाँ मात्रै खातामा आएको रहेछ। छिमेकी जिल्ला महोत्तरीका किसानले पाउनुपर्ने जति सबै रकम पाएछन्। सर्लाहीका किसानले पाउनुपर्नेभन्दा थोरै रकम मात्रै पाएका रहेछन,’ उनले गुनासो पोखे, ‘हामीलाई सरकारले के गर्न खोजेको हो? न समयमा मूल्य तोक्छ न त अनुदान रकम समयमा दिन्छ। उखु खेती नै नगरुन् भन्ने सोचेको छ कि?’

गत वर्ष उनले १७ सय क्विन्टल उखु चिनी मिललाई बिक्री गरेका थिए। उक्त उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ सरकारले तोकेको थियो। सो उखुको रकम उनले एउटा चिनी मिलबाट पाए भने २ वटा चिनी मिलले अझै दिन आनाकानी गरिरहेका छन्। 

यस्तै सरकारले पनि १७ सय क्विन्टल उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्दा १ लाख १९ हजार रुपैयाँ हुन आउँछ। तर एक वर्ष पुग्नै लाग्दा सरकारले २१ हजार रुपैयाँ खातामा पठाएको रोयले बताए।

त्यसपछि उनले गाउँका किसानहरुसँग अनुदान रकम पाएकोबारे बुझे। सर्लाहीका केही किसानले पाउनुपर्ने रकममध्ये केहीले २० त केहीले ३० प्रतिशत जति रकम पाएको उनले थाहा पाए।

‘यो तरिकाले किसानले के गरी खेती गर्ने? हामी त साह्रै मर्कामा पर्‍यौं। नेपालमा किसानलाई बाँच्ने उपाय छैन। खेती नगरेर अर्को बाली लगाउँ सरकारले समयमा मूल्य तोक्दैन। मूल्य तोके पनि तोकेको मूल्यमा व्यापारीले दिँदैन,’ उनले भने।

किसानले समयमा मलखाद नपाउने एउटा समस्या छ। भारतबाट अवैध रुपमा ल्याएको मल किन्दा प्रहरी प्रशासनले पक्रिहाल्ने उनको गुनासो छ। ‘कसरी कुन खेती गर्नु? किसानको समस्या सरकारले बुझ्दैन। राज्यले अधुरो पैसा पठाउँछ। कुनै ठाउँको किसानको पैसा नै पठाउँदैन। हामीले कहाँ गएर न्याय पाउने? काठमाडौंमा गएर आन्दोलन गर्ने? सम्भव छैन। अर्को खेती गरौंला,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

आफूले पाउने रकम चाहियो भन्दै आन्दोलन गर्दा राज्यले उल्टै किसानमाथि दमन गरेका थुप्रै उदाहरण भएको उनी सुनाउँछन्। यो वर्ष पनि रोयले १० बिघा जमिनमा उखु खेती गरेका छन्। सो जमिनमा प्रतिबिघा ३ सय क्विन्टलका दरले ३ हजार क्विन्टल उखु उत्पादन हुने बताउँछन्।

सो उखु अब केही दिनमा उधारोमा चिनी मिललाई बिक्री गर्ने उनको तयारी छ। ‘अरु बालीजस्तो उखु काटेर घरमा थन्क्याउँला भन्ने पनि छैन। काटेर बेच्नैपर्‍यो। हामी यति दु:ख गरेर मिललाई उखु बेच्छौं। न मिलले पैसा दिन्छ। नत राज्यले,’ उनले दुखेसो पोखे।

यस्तै कपिलवस्तुका उखु किसान अनुप चौधरीले अनुदान रकम आफूले नपाएको गुनासो गरेका छन्। गत वर्ष चौधरीले ६ हजार ५ सय क्विन्टल उखु चिनी मिललाई बिक्री गरेका थिए। जसबाट सरकारले दिइने अनुदान वापतको रकम ६ लाख ५५ हजार रुपैयाँ उनले पाउनुपर्ने हो। सरकारले एक वर्ष बितिसक्दा पनि उखु किसानलाई दिनुपर्ने अनुदान बापतको रकम पाउन नसकेको गुनासो गरेका छन्।

कपिलवस्तुका किसानले ०७१ सालकै अनुदान पाएनन्
आर्थिक वर्ष ०७१/०७२ मा सरकारले चिनी उद्योगमार्फत दिएको अढाइ करोड रुपैयाँ अनुदान नपाएको गुनासो गरेका छन्। यस्तै सरकार र मिलले ०६९ देखि ०७४ सम्म उखु लिएर किसानको साढे १० करोड रुपैयाँसमेत गरी १२ करोडभन्दा बढी रकम उखु किसानले नपाएको कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिका अध्यक्ष समेत रहेका चौधरी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०७१/७२ मा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो। ‘त्यतिबेला सबै जिल्लाका किसानले अनुदान वापतको रकम पाए। हामी कृषि मन्त्रालय उद्योग मन्त्रालय सबै मन्त्रालयमा पुग्यौं तर पाएनौं। अर्थ मन्त्रालयले सम्बन्धित उद्योगलाई दिइसकेको भनेर हामीलाई एउटा पत्र दियो। तर यता उद्योगले पनि आफूले लिएको छैन भनेर विज्ञप्ति निकालेको थियो। किसानलाई सरकारले दिएको अढाइ करोड रुपैयाँ कसले लग्यो त?,’ उनले भने।

अनुदान वितरण किन ढिलाइ?
जुन वर्ष उखु क्रसिङ गरको हो त्यही वर्ष अनुदान भुक्तानी गर्ने आर्थिक वर्ष २०७९/८० को सरकारको बजेट भाषणमा लेखिएको थियो।

कृषि मन्त्रालयका सह प्रवक्ता तपेन्द्रप्रसाद बोहराले गत वर्ष आर्थिक संकट झेल्नुपरेका कारण उखु किसानलाई अनुदान दिन ढिलाइ भएको बताए। यस्तै गत आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने अनुदान रकम कुन १ अर्ब ३२ करोड रुपैयाँ रहेको तर आर्थिक वर्ष २०८०/८१ को बजेटमा उखुको अनुदानका लागि जम्मा ८० करोड रुपैयाँ विनियोजन गरेकाले अनुदान वितरणमा समस्या भएको उनको भनाइ छ। 

‘सबैभन्दा ठूलो समस्या कहाँनेर आयो भने चालु वर्षको बजेटमा उखु किसानलाई अनुदान खर्च भनेर ८० करोड रुपैयाँ मात्रै विनियोजन भयो तर चाहिएको १ अर्ब ३२ करोड रुपैयाँ थियो। ८० ले पुग्दैन भनेपछि हामीले अर्थलाई थप रकम छुट्याउन ताकेता गर्‍यौं,’ बोहराले भने, ‘तर अर्थले चाडबाड आइसकेको छ भनेर जुन जिल्लाका चिनी मिलले उखु किसानको विवरण पहिला दिएको थियो। त्यसै विवरण अनुसार अर्थ मन्त्रालयले रकम पठाएको हो।’

यस्तै नेपालका कन्चनपुर र सर्लाही जिल्ला बाहेकका उखु किसानलाई अनुदान बापतको रकम दिइसकेको र अनुदान पाउन बाँकी किसानलाई दिने प्रक्रियागत छलफल भइरहेको बताए। तर कुन जिल्लाका किसानले कति पाए भन्ने विवरण आफूसँग नभएको जानकारी दिए।

सर्लाहीका किसानलाई २० प्रतिशत रकम पाउनुको कारण पनि सरकारले अपुग बजेट छुट्याएका कारण हुनसक्ने बताए। ‘अरु जिल्लामा  बाँडफाँट गरेर केही रकम बाँकी रहेकाले प्रतिशतको आधारमा थोरै भए पनि दिइराखौं न त भनेर दिइएको हुनसक्छ,’  उनले भने।

८० करोड रुपैयाँ बाट बाँडफाँट भइसकेको र ५२ करोड रुपैयाँ अझै बाँडफाँट हुन बाँकी रहेको बताए। सो रकम छिट्टै भुक्तानी गरिनेबारे अर्थ मन्त्रालयमा छलफल भइरहेकोसमेत उनको भनाइ छ।

२०७१ सालको अनुदान मन्त्रालयको दायित्व बाहिर
२०७१ सालको उखु किसानले नपाएको भनिएको अनुदान रकम कृषि मन्त्रालयको दायित्व भित्र नपर्ने बोहरा बताउँछन्। त्यो बेलामा उद्योगले उखु किसानबाट उखु खरिद गरिसकेपछि विवरण कृषि मन्त्रालयमा पठाउने र कृषि मन्त्रालयले उक्त विवरण अर्थ मन्त्रालयमा पठाउने हुन्थ्यो। यस्तै अर्थ मन्त्रालयले किसानले पाउनुपर्ने रकम सिधै उद्योगीको खातामा पठाउने र उद्योगीले किसानलाई वितर गर्नुपर्ने प्रक्रिया भएकाले उद्योगीले किसानलाई सो रकम नबुझाएर समस्या भएको उनी बताउँछन्।

‘कृषि मन्त्रालयले अर्थ मन्त्रालयलाई किसानको विवरण पठाएको र सो विवरण अनुसार अर्थ मन्त्रालयले उद्योगीलाई रकम बुझाएको हो। यसमा कृषि मन्त्रालयको कुनै दोष छैन। यो कृषि मन्त्रालयको दायित्व बाहिर पर्छ। यो हाम्रो विषय होइन। यो उद्यागी र अर्थको विषय हो। यसबारे कृषि मन्त्रालयले केही गर्न सक्दैन,’ उनले भने।

तर, कृषि मन्त्रालय अन्तर्गतको विषय नभए पनि किसानहरु पटकपटक एउटै गुनासो लिएर आउने गरेको उनको भनाइ छ।

यही हप्ता मूल्य तोकिने
बाँकी यो वर्षको उखुको समर्थन मूल्य यो हप्ताभरिमा तोकिने बोहराले जानकारी दिए। ‘उखु उत्पादन, क्रसिङ, ढुवानी भाडा के कति छ लागत हेरेर उखुको समर्थन मूल्य तोकिनेछ। के कति तोकिने भन्नेबारे अहिले थाहा छैन। तर गत वर्षभन्दा यो वर्ष उखुको मूल्य बढ्न सक्ने अनुमान छ। किनकि ढुवानी खर्च उत्पादन लागत हेरेर मूल्य निर्धारण गरिन्छ,’ उनले भने।

गत वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको थियो। यस्तै सरकारले अनुदान वापत ७० रुपैयाँ दिइने घोषणा गरेको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्