• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

किन समयमा भुक्तानी गर्न सकेन सरकारले उखु किसानको अनुदान रकम?

64x64
कल्पना घिमिरे सोमबार, मंसिर ११, २०८०  ०७:२३
1140x725

काठमाडौं– दीपावली आउन तीन दिन बाँकी थियो। उखु किसान श्यामबाबु रोयको बैंक खाताको घण्टी बज्यो। रोयले छोरालाई म्यासेज पढ्न लगाए।

उखुको अनुदान रकमको म्यासेज रहेछ। छोराले म्यासेज पढेपछि थाहा पाए, सरकारबाट उनले पाउनुपर्ने रकमको २० प्रतिशत अर्थात् २१ हजार रुपैयाँ पठाएको रहेछ।

‘मैले अनुदानको रकम १ लाखमाथि पाउनुपर्ने हो, तर २१ हजार रुपैयाँ मात्रै खातामा आएको रहेछ। छिमेकी जिल्ला महोत्तरीका किसानले पाउनुपर्ने जति सबै रकम पाएछन्। सर्लाहीका किसानले पाउनुपर्नेभन्दा थोरै रकम मात्रै पाएका रहेछन,’ उनले गुनासो पोखे, ‘हामीलाई सरकारले के गर्न खोजेको हो? न समयमा मूल्य तोक्छ न त अनुदान रकम समयमा दिन्छ। उखु खेती नै नगरुन् भन्ने सोचेको छ कि?’

गत वर्ष उनले १७ सय क्विन्टल उखु चिनी मिललाई बिक्री गरेका थिए। उक्त उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ सरकारले तोकेको थियो। सो उखुको रकम उनले एउटा चिनी मिलबाट पाए भने २ वटा चिनी मिलले अझै दिन आनाकानी गरिरहेका छन्। 

यस्तै सरकारले पनि १७ सय क्विन्टल उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्दा १ लाख १९ हजार रुपैयाँ हुन आउँछ। तर एक वर्ष पुग्नै लाग्दा सरकारले २१ हजार रुपैयाँ खातामा पठाएको रोयले बताए।

त्यसपछि उनले गाउँका किसानहरुसँग अनुदान रकम पाएकोबारे बुझे। सर्लाहीका केही किसानले पाउनुपर्ने रकममध्ये केहीले २० त केहीले ३० प्रतिशत जति रकम पाएको उनले थाहा पाए।

‘यो तरिकाले किसानले के गरी खेती गर्ने? हामी त साह्रै मर्कामा पर्‍यौं। नेपालमा किसानलाई बाँच्ने उपाय छैन। खेती नगरेर अर्को बाली लगाउँ सरकारले समयमा मूल्य तोक्दैन। मूल्य तोके पनि तोकेको मूल्यमा व्यापारीले दिँदैन,’ उनले भने।

किसानले समयमा मलखाद नपाउने एउटा समस्या छ। भारतबाट अवैध रुपमा ल्याएको मल किन्दा प्रहरी प्रशासनले पक्रिहाल्ने उनको गुनासो छ। ‘कसरी कुन खेती गर्नु? किसानको समस्या सरकारले बुझ्दैन। राज्यले अधुरो पैसा पठाउँछ। कुनै ठाउँको किसानको पैसा नै पठाउँदैन। हामीले कहाँ गएर न्याय पाउने? काठमाडौंमा गएर आन्दोलन गर्ने? सम्भव छैन। अर्को खेती गरौंला,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

आफूले पाउने रकम चाहियो भन्दै आन्दोलन गर्दा राज्यले उल्टै किसानमाथि दमन गरेका थुप्रै उदाहरण भएको उनी सुनाउँछन्। यो वर्ष पनि रोयले १० बिघा जमिनमा उखु खेती गरेका छन्। सो जमिनमा प्रतिबिघा ३ सय क्विन्टलका दरले ३ हजार क्विन्टल उखु उत्पादन हुने बताउँछन्।

सो उखु अब केही दिनमा उधारोमा चिनी मिललाई बिक्री गर्ने उनको तयारी छ। ‘अरु बालीजस्तो उखु काटेर घरमा थन्क्याउँला भन्ने पनि छैन। काटेर बेच्नैपर्‍यो। हामी यति दु:ख गरेर मिललाई उखु बेच्छौं। न मिलले पैसा दिन्छ। नत राज्यले,’ उनले दुखेसो पोखे।

यस्तै कपिलवस्तुका उखु किसान अनुप चौधरीले अनुदान रकम आफूले नपाएको गुनासो गरेका छन्। गत वर्ष चौधरीले ६ हजार ५ सय क्विन्टल उखु चिनी मिललाई बिक्री गरेका थिए। जसबाट सरकारले दिइने अनुदान वापतको रकम ६ लाख ५५ हजार रुपैयाँ उनले पाउनुपर्ने हो। सरकारले एक वर्ष बितिसक्दा पनि उखु किसानलाई दिनुपर्ने अनुदान बापतको रकम पाउन नसकेको गुनासो गरेका छन्।

कपिलवस्तुका किसानले ०७१ सालकै अनुदान पाएनन्
आर्थिक वर्ष ०७१/०७२ मा सरकारले चिनी उद्योगमार्फत दिएको अढाइ करोड रुपैयाँ अनुदान नपाएको गुनासो गरेका छन्। यस्तै सरकार र मिलले ०६९ देखि ०७४ सम्म उखु लिएर किसानको साढे १० करोड रुपैयाँसमेत गरी १२ करोडभन्दा बढी रकम उखु किसानले नपाएको कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिका अध्यक्ष समेत रहेका चौधरी बताउँछन्।

Xtrem

Xtrem

०७१/७२ मा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो। ‘त्यतिबेला सबै जिल्लाका किसानले अनुदान वापतको रकम पाए। हामी कृषि मन्त्रालय उद्योग मन्त्रालय सबै मन्त्रालयमा पुग्यौं तर पाएनौं। अर्थ मन्त्रालयले सम्बन्धित उद्योगलाई दिइसकेको भनेर हामीलाई एउटा पत्र दियो। तर यता उद्योगले पनि आफूले लिएको छैन भनेर विज्ञप्ति निकालेको थियो। किसानलाई सरकारले दिएको अढाइ करोड रुपैयाँ कसले लग्यो त?,’ उनले भने।

अनुदान वितरण किन ढिलाइ?
जुन वर्ष उखु क्रसिङ गरको हो त्यही वर्ष अनुदान भुक्तानी गर्ने आर्थिक वर्ष २०७९/८० को सरकारको बजेट भाषणमा लेखिएको थियो।

कृषि मन्त्रालयका सह प्रवक्ता तपेन्द्रप्रसाद बोहराले गत वर्ष आर्थिक संकट झेल्नुपरेका कारण उखु किसानलाई अनुदान दिन ढिलाइ भएको बताए। यस्तै गत आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने अनुदान रकम कुन १ अर्ब ३२ करोड रुपैयाँ रहेको तर आर्थिक वर्ष २०८०/८१ को बजेटमा उखुको अनुदानका लागि जम्मा ८० करोड रुपैयाँ विनियोजन गरेकाले अनुदान वितरणमा समस्या भएको उनको भनाइ छ। 

‘सबैभन्दा ठूलो समस्या कहाँनेर आयो भने चालु वर्षको बजेटमा उखु किसानलाई अनुदान खर्च भनेर ८० करोड रुपैयाँ मात्रै विनियोजन भयो तर चाहिएको १ अर्ब ३२ करोड रुपैयाँ थियो। ८० ले पुग्दैन भनेपछि हामीले अर्थलाई थप रकम छुट्याउन ताकेता गर्‍यौं,’ बोहराले भने, ‘तर अर्थले चाडबाड आइसकेको छ भनेर जुन जिल्लाका चिनी मिलले उखु किसानको विवरण पहिला दिएको थियो। त्यसै विवरण अनुसार अर्थ मन्त्रालयले रकम पठाएको हो।’

यस्तै नेपालका कन्चनपुर र सर्लाही जिल्ला बाहेकका उखु किसानलाई अनुदान बापतको रकम दिइसकेको र अनुदान पाउन बाँकी किसानलाई दिने प्रक्रियागत छलफल भइरहेको बताए। तर कुन जिल्लाका किसानले कति पाए भन्ने विवरण आफूसँग नभएको जानकारी दिए।

सर्लाहीका किसानलाई २० प्रतिशत रकम पाउनुको कारण पनि सरकारले अपुग बजेट छुट्याएका कारण हुनसक्ने बताए। ‘अरु जिल्लामा  बाँडफाँट गरेर केही रकम बाँकी रहेकाले प्रतिशतको आधारमा थोरै भए पनि दिइराखौं न त भनेर दिइएको हुनसक्छ,’  उनले भने।

८० करोड रुपैयाँ बाट बाँडफाँट भइसकेको र ५२ करोड रुपैयाँ अझै बाँडफाँट हुन बाँकी रहेको बताए। सो रकम छिट्टै भुक्तानी गरिनेबारे अर्थ मन्त्रालयमा छलफल भइरहेकोसमेत उनको भनाइ छ।

२०७१ सालको अनुदान मन्त्रालयको दायित्व बाहिर
२०७१ सालको उखु किसानले नपाएको भनिएको अनुदान रकम कृषि मन्त्रालयको दायित्व भित्र नपर्ने बोहरा बताउँछन्। त्यो बेलामा उद्योगले उखु किसानबाट उखु खरिद गरिसकेपछि विवरण कृषि मन्त्रालयमा पठाउने र कृषि मन्त्रालयले उक्त विवरण अर्थ मन्त्रालयमा पठाउने हुन्थ्यो। यस्तै अर्थ मन्त्रालयले किसानले पाउनुपर्ने रकम सिधै उद्योगीको खातामा पठाउने र उद्योगीले किसानलाई वितर गर्नुपर्ने प्रक्रिया भएकाले उद्योगीले किसानलाई सो रकम नबुझाएर समस्या भएको उनी बताउँछन्।

‘कृषि मन्त्रालयले अर्थ मन्त्रालयलाई किसानको विवरण पठाएको र सो विवरण अनुसार अर्थ मन्त्रालयले उद्योगीलाई रकम बुझाएको हो। यसमा कृषि मन्त्रालयको कुनै दोष छैन। यो कृषि मन्त्रालयको दायित्व बाहिर पर्छ। यो हाम्रो विषय होइन। यो उद्यागी र अर्थको विषय हो। यसबारे कृषि मन्त्रालयले केही गर्न सक्दैन,’ उनले भने।

तर, कृषि मन्त्रालय अन्तर्गतको विषय नभए पनि किसानहरु पटकपटक एउटै गुनासो लिएर आउने गरेको उनको भनाइ छ।

यही हप्ता मूल्य तोकिने
बाँकी यो वर्षको उखुको समर्थन मूल्य यो हप्ताभरिमा तोकिने बोहराले जानकारी दिए। ‘उखु उत्पादन, क्रसिङ, ढुवानी भाडा के कति छ लागत हेरेर उखुको समर्थन मूल्य तोकिनेछ। के कति तोकिने भन्नेबारे अहिले थाहा छैन। तर गत वर्षभन्दा यो वर्ष उखुको मूल्य बढ्न सक्ने अनुमान छ। किनकि ढुवानी खर्च उत्पादन लागत हेरेर मूल्य निर्धारण गरिन्छ,’ उनले भने।

गत वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको थियो। यस्तै सरकारले अनुदान वापत ७० रुपैयाँ दिइने घोषणा गरेको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो। बुधबार, असोज ७, २०८३
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्