• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

१ वर्षदेखि सरकारले नै रोकेको छ उखु किसानको १ अर्ब ३२ करोड रुपैयाँ

64x64
कल्पना घिमिरे शुक्रबार, मंसिर १, २०८०  ०७:३२
1140x725

काठमाडौं– मंसिर लाग्यो, उखु क्रसिङ गर्ने सिजन सुरु भयो। तर सरकारले उखुको समर्थन मूल्य भने तोक्न सकेको छैन। गत वर्ष (२०७९/८० मा) पनि सरकारले उखुको मूल्य तोक्न ढिलाइ गर्दा उखु किसानले हिँउदेबाली लगाउन पाएका थिएनन्।

केही किसान भने पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य भएका थिए। यो वर्ष पनि  सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलाइ गरेको छ।

गत वर्ष माघ ४ गते उखुको समर्थन मूल्य तोकिएको थियो। प्रतिक्विन्टल ५४० रुपैयाँका दरले उखुको मूल्य तोकिएको थियो भने त्यसमा थप अनुदान स्वरुप सरकारले ७० रुपैयाँ दिने घोषणा गरेको थियो।

तर अनुदान स्वरुप किसानलाई दिने भनेको रकम सरकारले भुक्तानी नगरेको पाइएको छ। साउन मसान्तभित्र दिने भनिएको गत वर्षको उखुको अनुदान बापतको रकम दशैं–तिहार बितिसक्दा पनि पाउन नसकेको उखु किसानको गुनासो छ।

सरकारले किसानहरुसँग गत साउन मसान्तसम्ममा भुक्तानी गर्ने गरी सम्झौता गरे पनि मंसिर लाग्दासम्म आफूहरुले पाउन नसकेको कपिलवस्तुका उखु किसान अनुप चौधरीले बताए। 

चौधरीले नेपालका १२ जिल्लाका ५ लाख ५४० हजार किसानले करिब १ अर्ब ३२ करोड रुपैयाँ रकम नपाएको बताए।
 
‘सरकारले साउन मसान्तसम्ममा भुक्तानी दिने सम्झौता गरेको हो। तर ४ महिना बित्यो दिएन। दशैं गयो, तिहारमा देला भनेको दिएन। छठमा पनि दिएन। अब पनि दिइएन भने हामी उखु किसान काठमाडौं आएर माइतीघरमा धर्ना बस्छौं,’ अनुपले भने।

गत वर्ष उनले ६ हजार ५०० क्विन्टल उखु चिनी मिललाई बिक्री गरेका थिए। जसको सरकारले दिइने अनुदान वापतको रकम ६ लाख ५५ हजार रुपैयाँ उनले पाउनुपर्ने हो। 

अनुप उखुको समर्थन मूल्य नतोकिँदा गत वर्षको समर्थन मूल्यभन्दा घाटा खाएर उखु बिक्री गर्न बाध्य रहेको बताउँछन्।  गहुँ रोप्न हतारो भएपछि अनुपले सख्खर उद्योगलाई प्रतिक्विन्टल ४ सय रुपैयाँको हाराहरीमा उखु बिक्री गर्न थालेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘सरकारले उखुको समर्थन मूल्य पनि तोकेन। गहुँ लगाउन ढिला भइसक्यो। सस्तो भए पनि सख्खर उद्योगलाई बिक्री गर्न थालेँ। सख्खर उद्योगले चिनी उद्योगको मूल्यमा किन्दैनन्,’ उनले भने।

सरकारले जुनसुकै बालीको मूल्य बाली भित्र्याउने, काट्ने सिजनभन्दा एक महिना अगाडि तोकिदिए किसानलाई सहज हुने उनले बताए। तर मूल्य तोकिदिए पनि सरकारले दिने अनुदान वापतको रकम नपाउँदा उखु किसान उखु खेतीबाट पलायन हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ। उनले २०७१ सालको अनुदान वापतको रकम नै नपाएको गुनासो गरे।

‘अरु जिल्लाका किसानले पाए, तर हामी कपिलवस्तुका किसानले पाएनौं। हामीले अढाई करोड रुपैयाँ पाउन बाँकी नै छ,’ अनुपले भने।

सर्लाहीका उखु किसानले यो वर्ष पनि २ बिघा जमिनमा उखु खेती गरेका छन्। तर उखु क्रसिङको सिजन आइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य नतोक्दा किसान अन्यौलमा छन्।

Xtrem

Xtrem

सरकारले पुरानै उखुको भुक्तानी नदिँदा आफू मारमा परेको अनुप बताउँछन‍्। ‘हाम्रो पैसा आउने अरु बाटो छैन, उखु हो। उखुकै मूल्य समयमा नपाउँदा खर्च टार्न मुस्किल परेको छ। समयमा दिन सकेन चाडपर्वको बेला दिएको भए आड हुन्थ्यो तर दिइएन,’ उनले भने।

कसरी पाउँछन् उखु किसानले अनुदान?
किसानले उत्पादन गरेको उखु मिललाई बिक्री गर्छन्। सोही बेला चिनी मिलले उक्त उखु तौल गरी किसान र उखुको परिमाणको विवरण सरकारलाई पठाउनुपर्ने हुन्छ। सोही विवरणको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले अनुदान बापत हुन आउने रकम किसानको खातामा पठाइदिनुपर्ने व्यवस्था छ।

यो नीतिअनुसार गत वर्ष एक हेक्टरमा उखु खेती गरेका किसानले करिब ३५ हजार रुपैयाँ अनुदान पाउनु पर्ने हो।

जसअनुसार सरकारले वार्षिक रुपमा उखु किसानलाई उखु उत्पादनको अनुदान बापत १ अर्ब ३२  करोड रुपैयाँ बराबर रकम छुट्याउनु पर्ने देखिन्छ। तर चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले उखु किसानलाई अनुदानको रकम उपलब्ध गराउन भनेर ८० करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेको थियो। सो रकमले नपुग्ने देखिन्छ।

बर्सेनि उखु उत्पादन घट्दो
नेपालमा बर्सेनि उखु लागाउने क्षेत्र घटेसँगै उखु उत्पादन पनि घट्दो क्रममा रहेको सरकारी तथ्यांले देखाउँछ। आर्थिक वर्ष २०७८/०७९ मा ६२ हजार ५६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा उखु खेती गरिएको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सो क्षेत्रमा ३१ लाख ५९ हजार ६३४ मेट्रिक टन उखु उत्पादन भएको थियो।

यस्तै आर्थिक वर्ष ०७७/७८ मा ६४ हजार ३५४ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो। उक्त क्षेत्रमा ३१ लाख ८३ हजार ९४३ मेट्रिक टन उखु उत्पादन भएको थियो। जस अनुसार उखु रोपाइँ क्षेत्र र उखु उत्पादन घटेको पाइन्छ।

आर्थिक वर्ष ०७६/०७७ मा ६८ हजार ५६५ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो भने ३४ लाख १७६ मेट्रिक टन उखु उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ। यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ७१६२५ हेक्टर क्षेत्रमा उखु खेती गरिएको थियो। उक्त क्षेत्रमा ३५५७९३४ मेट्रिक टन उखु उत्पादन भएको थियो। ०७४/०७५ मा ७८ हजार ६०९ हेक्टर जमिनमा उखु खेती गरिएको थियो। सो क्षेत्रमा ३६ लाख ७९ हजार ५०८ मेट्रिक टन उखु उत्पादन भएको सरकारी तथ्यांकले देखाउँछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्