एजेन्सी– चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ।
शियान–२८ बी ०१ उपग्रह साँझ ५ः३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो। पूर्व निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ।
उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित प्रविधि परीक्षणहरूको लागि प्रयोग गरिनेछ। यो लङ मार्च वाहक रकेट श्रृङ्खलाको ५८३ औं उडान मिसन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।