कञ्चनपुर– दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए। सुनारलाई स्थानीयबासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।
त्यसैगरी दश वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा वैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ।
धरौटी रकम रु १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो। कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए।
स्थानीयबासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। धरौटीवापतको रकम तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।