• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिंसा प्रभावित महिलाका लागि माइती घर बन्यो ‘सेफहाउस’

64x64
ललित बोहरा आइतबार, मंसिर २४, २०८०  १९:३७
1140x725

पाटन/बैतडी– २० वर्षीय एक महिलाले श्रीमान्‌बाट मनाकसिक हिंसा सहेर बसिन् । समाजमा के भन्लान भनेर जति सहँदै आएकी पाटन नगरपालिकाकी ती महिलामाथि श्रीमान्‌ले झन यातना थप्दै गए। 

शरीर नै थिलोथिलो हुनेगरी कुटपिटमा परेकी उनको पाटन नगरपालिकाले राखेका सामुदायिक सहजकर्तासँग एक दिन भेट भयो।

बाटोमा रुँदै बिलौना पोखिरहेकी उनलाई लैगिंक हिंसा न्यूनीकरणका लागि काम गर्दै आएकी मनोसमाजिककर्तासँग भेट भएको थियो। सोधपुछ गर्दा पीडित महिलाले आफूलाई श्रीमान्‌ले गरेको ज्यादतीबारे बेलिविस्तार लगाइन्। 

श्रीमान्‌को हिंसाबाट प्रताडित उनी आत्महत्या गर्नेसम्मको सोचमा पुगेकी थिइन्। शंका गर्दै श्रीमान्‌ले दैनिक कुटपिट गरेर बसिखान नदिएको पीडा सुनाएपछि उनलाई सामुदायिक सहजकर्ताले केही दिनका लागि पाटन नगरपालिकामा रहेको अल्पकालीन सुरक्षित आवास गृहमा ल्याइयो।

आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन कानुनी सहायता दिँदै इलाका प्रहरी कार्यालय पाटनमा मुद्दा दर्ता गर्ने तयारी पनि भयो। तर महिलाले आफ्ना श्रीमान् सुध्रिने आशा रहेको भन्दै छलफलका लागि बोलाइदिन अनुरोध गरिन्। 

केही दिनपछि उनका श्रीमान् घर लैजाने भन्दै आए। जनप्रतिनिधिको रोहवरमा छलफल गरी सम्झाएर पठाइयो। उनले सेफ हाउसलाई धन्यवाद दिँदै आफू सुध्रिने वाचा गर्दै श्रीमतीलाई घर लगे। 

पीडित महिलाले सेफ हाउसलाई धन्यवाद दिँदै भनिन्, ‘मेरो माइती घर सेफहाउस भयो, श्रीमान्‌ले कुटपिट गरे। माइत जान्थेँ, न्याय पाउथे, मैले यहाँ आएर न्याय पाएँ।’
 
उनका लागि मात्र होइन, बैतडीको पाटन नगरपालिका–६ मा रहेको अल्पकालीन सुरक्षित आवास गृह अहिलेसम्म ६ सय १ महिलाका लागि माइती घर बनेको छ।
घरमा विवाद हुँदा वा समस्या पर्दादेखि बलात्कृत महिला तथा बालबालिका र बेचविखनमा परेका महिला बालबालिका लागि माइती घर बनेको छ।
 
२०७३ सालमा स्थापित सेफहाउस बैतडी जिल्लामै एक मात्र छ। यहाँ बाहिरी जिल्लाकालेसमेत सेवा दिने गरेका छन्। 
शारीरिक हिंसा १ सय ९० जना, बहुविवाह ५८ जना, मानव बेचविखनमा ८ जना, घरेलु तथा मानसिक हिंसा, २ सय २६ जना, समाजिक हिंसा १ जना, सम्बन्ध–विच्छेद ८, बाल विवाह ५ जना, अन्य १२ जनाले स्थापनादेखि अहिले सम्पर्क सेवा दिएको सेफहाउसमा कार्यरत मनोविर्मशकर्ता डम्बरी भट्टले बताइन्।
  
सेफहाउसले कानुनी प्रक्रियादेखि केही संघ संस्थाहरुको सहयोगमा पुनःस्थापनका कार्यक्रमहरुसमेत सञ्चालनले हिंसा प्रभावित मिना दमाई (नाम परिर्वन)को दैनिकी फेरिएको छ। ठेला बनाएर व्यापारमा खटाएपछि मीनाको आम्दानीको स्रोत पानीपुरी बन्नुका साथ जीवन फेरिएको छ। 

उनले भनिन्, ‘घरबाट तिरस्कारमा परेकी थिएँ सेफहाउसले सुरक्षा गरेर रोजीरोटीसमेत दिएको छ माइती घरभन्दा ठूलो मान्छु।’ अहिलेसम्म विभिन्न संघ–संघस्थाको सहयोगमा प्रभावित महिलालाई व्यवसायिक सीप सिकाउने तथा आत्मनिर्भर बनाउन जागिरका लागि समन्वय गरिदिनेसम्म सेफहाउसले गर्ने गरेको मनोविर्मशकर्ता भट्टले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

हिंसा प्रभावितको गोपनीयता संरक्षणका लागि सुरक्षित घरमा राखिएको छ। उनलाई न्यायिक लडाइँ नसकिएसम्म कम्तीमा तीन महिना सेफहाउसले राख्ने गर्छ। गार्डेन तथा भान्सेसहित तीन जना कार्यरत छन्। मानसिक समस्याका बिरामी व्यवस्थापन गर्न थप समस्या छ। 

अहिले समाजिक विकास कार्यालय बैतडी, युएनफपीएको आर्थिक सहयोगमा साथी संस्था, सिएमसी नेपाल लगायतले सहयोग गर्ने गरेका छन् भने नगरपालिकाले पनि समन्वयको जिम्मा लिएको छ। सञ्चालक समिति सक्रिय नहुँदा तीन वर्ष अघिसम्म अध्यक्ष रहेकी मनोविमर्शकताको काम गरिएकी डम्बरी भट्टले संस्थाको अधिकांश काम गरिरहेकी छन्।

बैतडी जिल्लाको एक मात्र सेफहाउस अर्थात् माइतीघर कहिलेसम्म निरन्तर चलिरहन्छ भन्ने निश्चित छैन। विभिन्न संघ, संस्था र प्रदेश सरकारले सहयोग गर्दासम्म मात्र सञ्चालन हुने हो कि भन्ने डर धेरै सरोकारवालाहरुको छ। तर पाटन नगरपालिकाका बैतडीले आफ्नो क्षेत्र भित्र पर्नेगरी अल्पकालीन सुरक्षित आवास गृह सञ्चालन कार्यविधि कार्यपालिकाबाट पास गरेर स्थानीय राजपत्रमा प्रकाशित गरेको छ।

यसमा ‘सेवा क्षेत्रका स्थानीय तहहरुबाट आर्थिक संकलन गरी नगरपालिका आफैंले सञ्चालन तथा व्यवस्थापन गर्ने छ’ भनेर उल्लेख छ। तर पाटन नगरपालिकाबाहेक यहाँका कुनै पनि स्थानीय तहले बजेट सेफहाउसका लागि विनियोजन गरेको देखिँदैन।

केही दिनमै सेफहाउस सञ्चालनका लागि सेवा क्षेत्रका स्थानीय तहसँग बजेट मागका लागि नगरपालिकाले स्थानीय तहहरुमै जाने योजना बनाएको पाटन नगरपालिका उपप्रमुख कमल सिंह बोहरा (अपी)ले बताए। कार्यविधि अनुसार स्थानीय तहहरुलाई बजेट मागका लागि जाने तयारी भइरहेको उनले बताए।

‘पाटनले सञ्चालन गर्ने जिम्मा लिएको छ। सबै क्षेत्रका नागरिकले सेवा दिएका छन्। संस्थाहरुको सहयोग बन्द भए व्यवस्थापनमा समस्या हुन्छ। अन्य स्थानीय तहले सहयोग नगरे उनीहरुका नागरिकलाई सेवा बन्द गर्न सक्छौं। तर आवास बन्द हुँदैन।’

जिल्ला सदमुकाम गोठलापानीमा अल्पकालीन सुरक्षीत आवास गृह सञ्चालनका लागि अन्तरपार्टी महिला संञ्चालले भवन बनाएको ८ वर्ष भयो। तर विवादका कारण त्यो सञ्चालनमा छैन। 

सदरमुकामको पुरानो नगरपालिका दशरथचन्दले पनि हिंसा प्रभावितलाई पाटनकै सेफहाउसमा पठाउने गरेको छ। सेफहाउससँग आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा दिइरहेकाले सेवा ग्राहीको चाप बढी भएको समयमा व्यवस्थापन गर्न समस्या हुने गरेको छ। 

पाटन नगरपालिका ६ मा सेफहाउसको भवन निमार्णका लागि संघीय सरकारबाट ८० लाख प्राप्त भइ ठेक्का भइसकेको निर्माण कम्पनीसँग सम्झौताको प्रक्रिया अगाडि बढेको नगर उपप्रमुख बोहराले बताए।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? तर सञ्जयले सुरुङभित्र बिताएका १० दिन भने निकै कठिन थिए । अचानक आएको बाढीले सुरुङभित्र रहेका कामदारहरूलाई ज्यान जोगाउन भागाभागको अवस्... शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती लामुसोतीको घटनाले प्राकृतिक विपत्तिसँगै अर्को महत्वपूर्ण प्रश्न उठाएको छ, पूर्वसूचना प्रणाली कति प्रभावकारी थियो ? शुक्रबार, भदौ १९, २०८३
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य गुम्बामा बाढीले बगाएका व्यक्तिहरूको सम्झनामा स्थानीयवासी तथा आफन्तहरू भेला भएर प्रार्थना गरिरहेका छन् । यदि उनीहरूको मृत्यु भइसकेको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालबालिकालाई प्रधानमन्त्रीको आग्रह- आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिकौं शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन्दा बढी प्रभावित शुक्रबार, भदौ १९, २०८३
शुक्रबार दिनभर उद्धारमा के–के भयो ? शुक्रबार, भदौ १९, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप शुक्रबार, भदौ १९, २०८३
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्