काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित–पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,’अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दै छ । हामीसँग रुष्ट तिनै समूहबाट पालित–पोसितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।’
उनले सांसदहरूलाई पनि यस्तो समूहबाट प्रभावित नहुन आग्रहसमेत गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।