• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

छाला चाउरी पर्‍यो? यी खानेकुरा खानुहोस्

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०८०  ०६:३७
1140x725

अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं। छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं। कतिले त शल्यक्रिया नै गर्छन्।

यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन्। किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ।

खासमा जवान रहन खासै खर्च वा शल्यक्रिया गर्नु पर्दैन, हामीले आफ्नो जीवनयापनको शैली र भोजनमा ध्यान दिए पुग्छ। हाम्रो शरीर र मस्तिष्कमा हामीले खाने भोजनकै सबैभन्दा बढी प्रभाव पर्छ। जसको तुलनामा कुनै लोसन वा क्रिमको प्रभाव नगन्य हुन्छ।

छाला किन चाउरी पर्छ?
छाला चाउरी पर्नुका मुख्य दुई कारण छन्। पहिलो हो घामले गर्ने क्षति र दोस्रो उमेरअनुसार आउने परिवर्तन।

छालामा हुने कोलाजेनले छालाको संरचना दुरुस्त राख्ने काम गर्छ। तर, निरन्तर घाम पर्नाले कोलाजेनको मात्रा घट्छ। यसको मात्रा घटेसँगै छाला चाउरी पर्न थाल्छ। यसका साथै उमेर सँगसँगै पनि छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ। यसपछि छाला फेरि पुरानै अवस्थामा फर्काउन कठिन हुन्छ।

सुरुमा हाम्रो आँखा, गाला, निधार, आँखीभुइँ जस्ता भागको छाला चाउरी पर्न थाल्छ। किनभने यी सबै ठाउँ खुला हुने भएकाले घाम नियमित रुपमा परिरहेको हुन्छ। त्यसपछि प्रदुषण, धूमपान, बढी वजन, पानीको कमी, भोजन, तनाव र जिउने शैलीको प्रभावले छाला छिटै चाउरी पर्न थाल्छ।

भोजनले छालालाई कसरी जोगाउँछ?
छालामा भोजनले पार्ने प्रभावबारे विभिन्न अनुसन्धान गरिएका छन्। सन् २००१ मा गरिएको एक अध्ययनले छाला चाउरी पर्ने कारणबारे अनौठो तथ्य पत्ता लगाएको थियो।

तीन बेग्लाबेग्लै देशमा गरिएको अध्ययनले छाला चाउरी पर्नबाट जोगाउन प्रचुर एन्टिअक्सिडेन्टयुक्त तथा घामबाट पर्ने नकारात्मक प्रभाव जोगाउने भोजन र चिल्लो पदार्थ आवश्यक पर्ने निष्कर्ष निकालेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय खानेकुरा यस्ता छन्, जुन हाम्रो समग्र स्वास्थ्यका लागि (छालासमेत) अत्यन्त फाइदाजनक हुन्छन्। अझ एन्टी अक्सिडेन्टयुक्त खानेकुराले शरीरबाट फ्रि र्‍याडिकल घटाउन सघाउँछन्। फ्रि र्‍याडिकलले छालामा क्षति पुर्‍याउनुका साथै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि निम्त्याउँछ।

यसबाहेक छालामा चाउरी पार्ने प्रमुख कारण घाम नै भएकाले छालामा कोलाजेन कायम राख्ने र घामको प्रभाव घटाउने खानेकुरा उपयोगी हुन्छन्।

केही खानेकुरामा पाइने प्mयाट पनि छालाको मोस्चराइजर कायम राख्न आवश्यक हुन्छ।

छालालाई चाउरीबाट जोगाएर ताजगी बनाइराख्न हाम्रो भोजनमा यी खानेकुरा समावेश गर्न आवश्यक छ।

Xtrem

Xtrem

गेडागुडी
गेडागुडी परिवारमा बोडी, सिमी, दाल, चना, केराउ जस्ता खानेकुरा पर्छन्। गेडागुडीमा रेशा (फाइबर), प्रोटिन र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ, छालाका लागि निकै लाभदायक हुन्छ। यसले पाचन प्रणालीमा जाने दुषित टक्सिनलाई छालाले सोस्नु अगाडि नै शरीरबाट निष्कासन गर्छ।

गेडागुडी भिटामिन ई र सीको अत्यन्त राम्रो स्रोत हो। यी दुवै भिटामिनले छालालाई घामका पराबैजनी (अल्ट्रा भ्वाइलेट) किरणबाट जोगाउँछन्। दुवै भिटामिन एकसाथ उपभोग गर्दा एन्टी अक्सिडेन्ट शक्ति दोब्बर जस्तै बढ्छ। एन्टिअक्सिडेन्ट पाइने खानेकुराले हाम्रो पूरै शरीरलाई पोषण दिनुका साथै छालालाई पनि स्वस्थ राख्छ। तर, यसको अर्थ यी भिटामिनको उपयोग गरेपछि सनस्क्रिन लगाउनै पर्दैन भन्ने होइन।

अन्य खानेकुराको तुलनामा गेडागुडी सस्तो, विविध भिटामिनयुक्त र पकाउन सजिलो हुन्छ। एकै खालको गेडागुडी खानुभन्दा धेरै खालका रंगीन मिसाएर खानु उपयुक्त हुन्छ। दिउँसोको खाजामा गेडागुडी र बदामसमेत समावेश गर्नु राम्रो हुन्छ। सातामा २÷४ पटक गेडागुडी खाए छालाका लागि पर्याप्त पोषण प्राप्त हुन्छ।

बोडी, सिमी र दाल सातामा केही पटक खाने गरे प्रोटिनका लागि बेग्लै खानेकुरा खाइरहनु पर्दैन।

भिटामिन ‘सी’युक्त खानेकुरा
भिटामिन ‘सी’को मात्रा धेरै भएका खानेकुराले छालाको सुख्खापन र चाउरीपना घटाउँछ। भिटामिन ‘सी’ एन्टिअक्सिडेन्ट भएकाले यसले चाउरी निम्त्याउने अक्सिडेटिभ असर कम गर्छ। अक्सिडेटिभ असर पोषणयुक्त भोजनको कमी, तनाव र प्रदुषणका कारण पनि हुनसक्छ। त्यसैगरी घामले छालामा पार्ने नकारात्मक असरबाट समेत भिटामिन ‘सी’ले जोगाउँछ।

सामान्यतया सबै फलफूल र तरकारीमा भिटामिन ‘सी’ पाइन्छ। तर, भिटामिन ‘सी’ धेरै पाइने खानेकुरामा कागती, सुन्तला, भोगटे, ज्यामिर, निबुवा, जुनार, स्ट्रबेरी र भेडे खुर्सानी हुन्।

भिटामिन एयुक्त खानेकुरा
भिटामिन एयुक्त खानेकुराले पनि छालालाई चाउरी पर्नबाट जोगाउँछन्। भिटामिन ए बिटा–क्यारोटिन र सक्रिय भिटामिन ए गरी दुई स्वरुपमा पाइन्छन्। बिटा–क्यारोटिन अधिकांश पहेंला फलफूल, तरकारीमा पाइन्छ भने सक्रिय भिटामिन ए अण्डा, कलेजो र नौनी जस्ता मांसाहारी भोजन र दुग्धजन्य पदार्थमा पाइन्छ।

भिटामिन ए शरीरका करिब सबै ठाउँका छालाका कोषले उपयोग गर्छन्। भिटामिन ए नभए शरीरमा लागेका घाउ, चोटपटक, खटिरा लगायत निको हुँदैन। यसले छालाका कोषहरूलाई आपसमा खाँदिन सघाउँछ, फलस्वरुप चाउरीपना घट्छ।

भिटामिन ए छालामा दुई तरिकाले उपयोग हुन्छ। पहिलो भोजनबाट पाउने र अर्को क्रिम (रेटिनोल) का रुपमा सीधै छालामा लगाउने। यो क्रिम चर्मरोग विशेषज्ञले प्रेस्क्राइब गर्छन्। तर, तपाईंले प्रचुर भिटामिन एयुक्त खानेकुरा खाएपछि चर्मरोग विशेषज्ञकोमा जानै पर्दैन। यसका लागि हामीले दिउँसोको खाजामा केही गाजर वा ब्रेकफास्टमा दुई÷तीन वटा अण्डा समावेश गरे दैनिक भिटामिन एको पूर्ति हुन्छ।

जैतुनको तेल
छाला सुख्खा भयो भने पनि छिटै चाउरी पर्छ। किनभने सुख्खा भएपछि छालाले मोइस्चर राख्न सक्दैन र झोल्लिन थाल्छ। पानीको मात्रा बढाए छालालाई केही मात्रामा मोस्चराइज त गर्छ, तर उपयुक्त प्mयाट (चिल्लो पदार्थ) भएको भोजन नगरुन्जेल छालाका कोषले आफूसँग पानी जम्मा गर्न सक्दैनन् र छाला सुख्खा भइरहन्छ।

जैतुनको तेलले छालालाई दुई प्रकारले सघाउँछ। यसले पानी जम्मा गर्न छालालाई स्वस्थकर चिल्लो पदार्थ उपलब्ध गराउनुका साथै यो उत्तम एन्टिअक्सिडेन्ट पनि हो। यसमा अन्य वनस्पतिबाट प्राप्त हुने तेलभन्दा निकै बढी भिटामिन ई पाइन्छ। साथै, भिटामिन ए र ल्युटिन जस्ता एन्टी अक्सिडेन्ट पनि जैतुनको तेलमा पाइन्छ। यी सबै पोषणले छालालाई नरम बनाइराख्छ।

सलाद बनाउँदा वा अन्य परिकारमा पनि जैतुनको तेल प्रयोग गर्नुहोस्। खानेकुरा हलुका तार्नु परे पनि थोरै तापक्रममा यसको प्रयोग गर्न सकिन्छ। तर, जैतुनको तेलमा खानेकुरा डिप फ्राई भने गर्नु हुँदैन। किनभने धेरै तताउँदा यसमा भएका स्वस्थकर प्mयाट नष्ट हुन्छ। जैतुनको तेल पूर्णतया स्वस्थकर भए पनि यसमा क्यालोरी पनि धेरै हुन्छ। त्यसैले भोजन पकाउँदा वा सलादमा प्रयोग गर्दा एक वा दुई ठूलो चम्चा हाले पर्याप्त हुन्छ।

पोटासियमयुक्त खानेकुरा
पोटासियम सामान्यतया फलफूल र सागसब्जीमा पाइने इलेक्ट्रोलाइट हो। हाम्रो शरीरका कोषहरूमा तरल पदार्थको मात्रा सन्तुलित राख्न पोटासियमले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले शरीरमा पानीको मात्रा घटाउने सोडियमको प्रभाव न्यून पार्छ र कोषमा पानीको मात्रा सन्तुलित राखेर छाला नरम र चाउरीरहित हुन्छ।

फलफूल र तरकारी धेरै खाएर आप्mनो शरीरलाई आवश्यक पोटासियमको मात्रा पूर्ति गर्न सकिन्छ। पालुंगो, केरा र एभोकाडोमा सर्वाधिक पोटासियम पाइन्छ। हामीले नुनको मात्रा धेरै भएका भोजन गर्ने भएकाले सोडियमले डिहाइड्रेसन गराउनुका साथै छाला चाउरी पार्छ। त्यसैले सोडियमको सामना गर्न र छाला चाउरी पर्नबाट रोक्न पोटासियमयुक्त खानेकुरा पर्याप्त उपभोग गर्नु आवश्यक छ।

माछा
प्रचुर मात्रामा ओमेगा–३ पाइने भएकाले माछा छाला र स्वास्थ्यका लागि उपयोगी खानेकुरा हो। छाला मोस्चराइज्ड राखेर चाउरी पर्नबाट जोगाउन ओमेगा–३ अत्यावश्यक प्mयाट हो। ओमेगा–३ ले हाम्रो शरीरका कोषमा तरलता कायम राख्ने तथा शरीरमा हुने दुखाइ र पोलाइ घटाउने भएकाले छाला सुख्खा हुन दिँदैन। छाला चिल्लो र चमकदार राख्नु छ भने सातामा कम्तीमा दुई÷तीन पटक ताजा माछा भोजनमा सामेल गर्नुहोस्। साल्मन, मकरेल, सार्डिन, अल्बाकोर र टुना माछामा सर्वाधिक ओमेगा–३ पाइन्छ।

प्रोटिनयुक्त खानेकुरा
छाला स्वस्थ राख्न पर्याप्त प्रोटिन आवश्यक पर्छ। हाम्रो छाला प्रोटिनबाट निर्माण भएकाले भोजनमा पर्याप्त प्रोटिन नभए छालाका कोषहरू सुख्खा तथा मृत हुन्छन्। कोष जति चाँडो फेरिन्छन्, त्यति नै छाला पनि चमकदार र जवान देखिन्छ। कुखुराको मासु, माछा, अण्डा, गेडागुडी, दाल र दुग्धजन्य पदार्थमा प्रचुर प्रोटिन पाइन्छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्