दाङ- रोल्पाको रुन्टी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले रोल्पा समाचार साप्ताहिकका होलेरी संवाददाता रवीन्द्र पुनमगरलाई ज्यान मार्ने धम्की दिएका छन्।
भदौ २५ गते राती गाडीमा राखेर होटेलमा लगि बुढामगरले पुनमगरलाई यस्तो धम्की दिएका हुन्। ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रोल्पा शाखाले खेद व्यक्त गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
गाउँपालिकाको सार्वजनिक सुनुवाइका विषयमा टिप्पणी गरेको भन्दै अध्यक्ष बुढामगरले पत्रकारलाई धम्की दिएको नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वकर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पत्रकार पुनमगरले जनप्रतिनिधबाटै असुरक्षित महसुस गरेको भन्दै आफ्नो सुरक्षाका लागि सन्बन्धित निकायसँग मागसमेत गरेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।