• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

क्यान्सरबाट जोगिन के गर्ने, के नगर्ने ?

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  १६:३०
1140x725

क्यान्सरका एक सय भन्दा बढी प्रकार हुन्छन् । जसले शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ । क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत अल्प विकसित र कम विकसित देशमा हुने गरेको छ । विश्वभरमा नै पाच प्रमुख क्यान्सरका कारण हुने पुरुषहरुको मृत्यु मध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्ननलीको क्यान्सर रहेका छन् । विश्वभरी नै क्यान्सरका कारण हुने महिला मृत्युमध्येमा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर रहेका छन् ।

सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न सके क्यान्सरबाट हुने मृत्यु २२ प्रतिशत रोक्न सकिन्छ । यो क्यान्सर रोकथाम गर्न सकिने एक मात्र ठुलो उपाय पनि हो । विश्वभरी हुने क्यान्सरका कारणमध्ये पाँच भागको एक भाग जटिल संक्रमणका कारण हुन्छ । उदाहरणका लागि ह्युमन प्यापिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर र हेपाटाइटिस बि भाइरसका कारण कलेजोको क्यान्सर हुन्छ ।

सूर्तिजन्य पदार्थको प्रयोग नगर्ने, सन्तुलित भोजन गर्ने, व्यायाम गर्ने र सन्तुलित मात्रामा मद्यपान सेवन गर्दा ३० प्रतिशत भन्दा बढी क्यान्सरको निदान गर्न सकिन्छ । साथै विकासोन्मुख राष्ट्रहरुमा ह्युमन प्यापिलोमा भाइरस र हेपाटाइटिस बि बिरुद्धको खोप दिइयो भने क्यान्सरका कारण हुने २० प्रतिशत मृत्यु कम गर्न सकिन्छ । सजगता अपनाउने हो भने ३३ प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ, ३३ प्रतिशत क्यान्सरलाई निको पार्न सकिन्छ भने ३३ प्रतिशत क्यान्सरमा चाहिँ जीवन लम्व्याउन मात्र सकिन्छ ।

यस्तो भयावह अवस्था हँुदा पनि धेरै बिरामी उपचारको दायरामा आउन सकेका छैनन् । प्रारम्भिक अवस्थामा अधिकांश क्यान्सरको उपचार सम्भव हुने भएपनि अस्पताल नै नआउने र आएपनि ढिलो गर्ने हुँदा धेरैलाई बचाउन सकिएको छैन । शरीरमा केही फरकपन आए पनि नबोली बस्ने, निकै अप्ठेरो अवस्था भएपछि मात्रै अस्पताल आउने नेपालीको बानी छ ।

नेपालका क्यान्सर रोगीमध्ये करिब १० प्रतिशतलाई मात्र रोग लागेको समयमै थाहा हुन्छ । नेपालमा जनसंख्याको करिब १३ प्रतिशतमा क्यान्सर रोग लागेको अनुमान छ । तर यसमध्ये करिब पाँच हजार बिरामी मात्र अस्पताल पुग्छन् । नेपालमा बर्षेनि ५० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमान गरिएको छ । शरीरमा अस्वाभाविक परिवर्तन आउनेबित्तिकै अस्पताल आइपुगे यो रोग निको पार्न सकिन्छ । क्यान्सरको लक्षणबारे चेतना नहुँदा पनि मृत्यु दर घटाउन नसकिएको हो ।

फरकफरक ठाउँका क्यान्सरको लक्षण फरक हुने भएपनि सामान्यतः निको नहुने खोकी वा धोध्रो स्वर हुनु, स्तन वा शरीरको अरु ठाउँमा नदुख्ने गिर्खा आउनु, कोठीको आकारमा परिवर्तन हुन क्यान्सरका लक्षण हुन् । त्यस्तै निको नहुने घाउ, अत्यधिक रक्तस्राव या पिप, दिसा वा पिसाब गर्ने बानीमा फेरबदल, अपच वा निल्न गाह्रो भए क्यान्सरको आशंका गरी अस्पताल पुग्नुपर्ने विज्ञहरू बताउँछन् । यो रोग जसलाई पनि र जहाँ पनि हुनसक्छ । क्यान्सर सरुवा रोग होइन तर मानिसमा अझै पनि या रोग सर्छ भन्ने गलत धारणा छ ।

मानव शरीरमा करोडौं शुक्ष्म कोषिका हुन्छन् । कतिपय कोषहरु दैनिक मर्ने र नयाँ बन्ने खालका हुन्छन् । यसरी प्रत्येक दिन बन्ने नयाँ कोषिका मानिसको जीनद्वारा नियन्त्रित हुन्छन् । तर प्रतिकुल अवस्थामा यिनै कोषिकाको बृद्धि असामान्य हुन पुग्छ । यस्ता असामान्यरूपले बृद्धि भएका कोषिका बिस्तारै सानासाना गिर्खा (ट्यूमर) मा परिणत हुन्छन् । यस्ता गिर्खाहरु २ प्रकारका हुन्छन् । शरीरलाई हानी गर्ने र नगर्ने । शरीरलाई हानी पु¥याउने गिर्खाहरु एक स्थानबाट अर्को स्थानमा सर्ने पनि गर्छन् । शरीरलाई हानी गर्ने यिनै गिर्खालाई नै क्यान्सर भनिन्छ । क्यान्सर मानिसको जुनसुकै अंगमा लाग्न सक्छ ।

क्यान्सर के कारणले हुन्छ भनेर किटान गर्न सकिँदैन । तर यसका केही कारक तत्व छन् । प्रमुख कारक तत्व त सूर्तीजन्य पदार्थ नै हो । चुरोट, खैनी, बिँडी र गुट्खाजस्ता पदार्थको सेवनले क्यान्सरको खतरा बढ्छ ।  त्यसैगरी, मादक र अखाद्य पदार्थ, अखाद्य रंग, रासायनिक पदार्थ राखिएको खाना, ढुसी परेको र नुन धेरै भएको खाना खाएमा पनि क्यान्सर हुनसक्छ । अर्को कुरा १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले पनि हुन्छ । यसका साथै विकीरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण र शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ । शुरुमा उपचार गरे क्यान्सर पूर्णरूपमा निको हुनसक्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा क्यान्सर रोगको आधिकारिक तथ्यांक छैन । तर अहिलेसम्म महिला र पुुरुषको तुलना गर्ने हो भने नेपालमा सायद धूमपान कै कारणले होला, फोक्सोको क्यान्सर नै धेरैलाई लागेको पाइन्छ । महिलालाई मात्र हेर्ने हो भने पाठेघरको मुखको क्यान्सर र दोस्रोमा स्तन क्यान्सर देखिएको छ । नेपालमा यसबाहेक  पेट, आमाशय, मुख र प्रोस्टेट क्यान्सरका रोगीहरु छन् ।

लक्षण

–    स्वर परिवर्तन हुनु
–    दुब्लाउदै जानु
–    शरीरमा गाँठागँुठी वा गिर्खा देखिनु
–    भोक नलाग्नु
–    कोठी वा मुसाको आकार र रंग परिवर्तन हुनु
–    थकाई बढी लाग्नु
–    लामो समयसम्म घाउ निको नहुनु
–    लगातार खोकी लाग्नु
–    महिनावारी हुँदा रगत बढी हुनु
–    अपच वा निल्न गाह्रो हुनु
–    अत्याधिक रक्तश्राव वा पिप आएमा

रोकथामका उपाय

Xtrem

Xtrem

–    धूमपान त्याग्ने
–    जीवनशैली परिवर्तन, खानपान र शारीरिक व्यायाम
–    मद्यपान नगर्ने
–    स्वस्छ वातावरण
–    हेपाटाइटिस बि भ्याक्सिन लगाउने
–    जंकफूड नखाने
–    पोलेको मासु, सुकटिी, सेकुवा नखाने
–    गुप्ताङ्गको नियमित सफाई गर्ने
–    नियमित पाठेघरको जाँच गर्ने
–    धेरै जनासँग यौनसम्पर्क नराख्ने
–    चिल्लो तथा बोसो कम खाने
–    ताजा सागसब्जी र फलफूल खाने
–    बासी वा ढुसी लागेको खाना नखाने
–    धेरै नुन नखाने

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो
सम्बन्धित सामग्री
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख... बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज–२०२५) आजदेखि प्रचलनमा ल्याएको छ । बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन र निरीक्षण... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्