• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

तीजमा हराएको सौन्दर्य

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  ०३:१७
1140x725

केही दिनदेखि लगातारजस्तै तीज कार्यक्रममा सहभागी हुने निमन्त्रणा आइरहेको छ। तर, ती कार्यक्रममा स्तरअनुसारको शुल्क पनि निर्धारण गरिएको छ। दुई सयदेखि दुई हजारसम्म शुल्कसहितको निम्ताले म सोचमग्न छु। म तीज पर्व नमान्ने समुदायको मान्छे। तर, एक किसिमको सामीप्य छ यो पर्वसँग । केही स्मृतिहरू जोडिएका छन्। खासमा म यहाँ तीजको विविध धार्मिक आयाम र त्यसको प्रभावबारे बोल्दिनँ। म तीजसम्बन्धी विशेषज्ञ पनि होइन। यहाँ मात्रै तीजको सुन्दरता कसरी मुर्झाएर जाँदै छ भन्नेतिर मात्र केन्द्रित छु। 

मलाई स्मरण छ, चालीसको दशकतिर माथि मुजुरधापतिरका महिलाहरू तीजको दिन रातो साडी–चोलोमा सजिएर मादल घन्काउँदै हेटौंडा हुप्रा चौरतर्फ उर्लिएर आउँथे। भदौरे घामपानीको परवाह नगरी बीच-बीचमा घर-घरबाट त्यो हुलमा अरू महिलाहरू पनि मिसिँदै जान्थे र त्यसले विशाल रूप लिन्थ्यो। स्मरण रहोस्, हेटौंडा मिश्रित धर्म संस्कृतिको धरातलमा निर्माण भएको समाज हो।      

तीजको बेलामा जानुपर्‍यो मेलामा 
मै छोरीको आँसु खस्यो दैला ठेलामा

यसरी बस्ती–बस्तीबाट भेला भएका महिलाहरू दिनभरि आफ्ना पीडालाई शब्दमा व्यक्त गरेर फुक्काफाल भएर नाँचगानमा मस्त हुन्थे। त्यतिखेर उनीहरूको आँखामा पीडा व्यक्त गर्न पाउँदाको सुखानुभूति आँसुमा रूपान्तरण भएको देखेकी थिएँ। हामी स–साना केटाकेटीहरू दिनभरि त्यही चौरमा बरफ र चटपटे खाँदै उत्सव मनाएको हेरिरहन्थ्याैं। वास्तवमा त्यतिखेरको समाज अध्ययन गर्ने हो भने हिन्दु महिलाहरूले खेप्नुपर्ने बुहार्तन तीजको अवसरमा कम्तीमा एकाध दिनलाई भए पनि कम हुन्थ्यो। महिलाको लागि घर जेलसरह हुन्थ्यो। निरकुंश लोग्नेको सपाट शब्दहरूको ताण्डव सहनुपर्थ्याे। 

धेरैजसो जनता कृषिमा आश्रित थिए। उनीहरु ज्याला–मजदुरी गरेर गुजारामुखी जीवन व्यतित गरिरहेका थिए। यस्तोमा महिलाहरूको अवस्था अझ बढी दयनीय थियो। महिलाहरूको सानै उमेरमा विवाह हुने, प्रशस्त केटाकेटी जन्माउनुपर्ने, घरखेत, घाँस दाउरामै जिन्दगी अल्झिरहेको थियो। झनै उच्च शिक्षाको कुरा त परको थियो। माइतीमा रहरलाग्दो समय गुजार्न नपाउँदै पराई घर जानुपर्दाको पीडा के सुनको तिलहरीले पूरा गर्थ्याे र?

यस्तोमा यो पर्वको महत्व हिन्दु महिलाहरूमा उच्च तहमा रहनु अस्वाभाविक थिएन। माइतीबाट चेली लिन आउनु, नयाँ कपडा, मिष्ठान्न भोजन उपलब्ध गराउनुले चेली–माइतीबीचको आत्मीयता प्रगाढ गराउँथ्यो। हामीमा परैबाट तीजको त्यो सौन्दर्य नियाल्दै गर्दा मनमा एक किसिमको आरिस पनि उत्पन्न हुन्थ्यो। 

कुनै पनि संस्कृतिको सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छ । यस्ता संस्कृतिहरू जहिले पनि आर्थिक र राज्यप्रणालीको जगमा निर्माण हुन्छ । साथै संस्कृति सधैं मानिसले आफू अनुकूल निर्माण गरेको हुन्छ । चालिसको दशकको सुरुवाततिर नेपालका महिलाहरू अभाव र आफ्नो वैयक्तिक पीडाहरूलाई गीतको माध्यमबाट तीजमा प्रस्तुत गर्दथे भने यसको अन्त्यतिर आइपुग्दा सामन्तवादको विरुद्धमा, प्रजातन्त्रको पक्षमा क्रान्तिकारी गीतहरू प्रस्तुत गर्न थाले। त्यतिखेर निरकुंशताविरुद्ध त सबै धर्म, संस्कृति, जातिका जनता गोलबद्ध भएकै हुन्। 

यसरी तीजको महत्व बढेर गएको अनुभव गरियो। पछिपछि बहुभाषिक, बहुसांस्कृतिक, बहुल मूल्य मान्यताहरूको हाम्रो देशमा तीज नमान्ने समुदाय पनि यो पर्वप्रति आकर्षित भएर गए। यसको दुई कारण छन्। एक सामन्तवाद विरुद्ध यसले आफ्नो क्रान्तिकारी आवाज घन्काउँथ्यो, अर्को राज्यले एकल प्रभुत्व कायम गर्न संस्कृतिलाई राजनीतिक रूप दिएर अगाडि ल्याइदियो। यसै पनि हाम्रो भूगोल सानो छ, त्यसमाथि मिडियादेखि लिएर सारा सञ्जाल यही तीजकै गतिविधिले भरिएको हुन्छ। यसले गर्दा हाम्रा समुदायका महिलाहरू पनि प्रभावित हुन पुग्नु अस्वाभाविक रहेन। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, यही पर्व सत्तरीको दशकमा आइपुग्दा सौन्दर्यमा लेपन लगाएर किन भद्दा देखिइरहेको छ? यतातिर हिन्दु समाजले सोच्न जरुरी छ। हामी तीज नमान्ने समुदाय पनि हिजो तीजमा दिनभर तपाईंहरूसँगै गलत समाज व्यवस्था विरुद्धको अभियानमा गोलबद्ध भएर उभिन्थ्यौं। यसले सांस्कृतिक अन्तरघुलन गराएको थियो। तर अहिले किन तीज भन्नेबित्तिकै मनमा आतंक सिर्जना भइरहेको छ?

खै कता गायब भयो तीजको त्यो सौन्दर्य? किन महिलाहरू गरगहना र महँगा साडी प्रदर्शनमा होडबाजी गरिराखेका छन्? किन आपत्तिजनक शब्द संयोजनका गीतहरू घन्किरहेको छ? के महिला मुक्तिको आन्दोलनको उपलब्धि भनेकै राम्रो लाउने, मिठो खाने कामकै निमित्त मात्र थियो? किन राज्यव्यवस्थाको चरम दमनविरुद्ध चर्को आवाज निकाल्दैनन् तीजका महिलाहरू? किन बलात्कारविरुद्ध तिखो स्वर छैन? तीजको सन्दर्भ पारेर आयोजना गरिने कार्यक्रममा किन आर्थिक भार थोपरिन्छ?

यस्तो प्रश्न उठाइरहँदा एकातिर तीज नमनाउने समुदायले किन प्रश्न गर्छन् भनेर भन्नेहरू पनि निस्कनुहोला। तर, राष्ट्रवादको नाउँमा प्रभुत्वशाली धर्मले एकहोरो आफ्नो संस्कृति लादिरहँदा हामीलाई यसबाट अछुत रहन हम्मेहम्मे पर्दो रहेछ। साथीहरू आत्मीय ठानेर तीजको एक महिना अगाडिदेखि नै नाचगान र खानपिनको कार्यक्रम राख्नुहुन्छ । अस्विकार गरौं त ‘अराजक भइछ’ भन्ने आरोप खेप्नुपर्ने,  स्वीकार गरौं त यसको भद्दा स्वरूप देखेर वितृष्णाको भाव उत्पन्न हुँदै गएको छ।

पुँजीवादले जकडिएको समाज व्यवस्थामा महिलालाई कसरी मनोरञ्जनको साधनमा रूपान्तरण गरेर लगेको छ? आफ्नो उत्पादनको ग्राहक महिलालाई बनाउन कति कसरत पुँजीवादले गरिरहेको छ? त्यसतर्फ ध्यान नपुर्‍याउँदा हामी यो अवस्थामा आइपुगेका छौं, भन्ने कुराको मनन कहिले गर्ने?

Xtrem

Xtrem

तीज आफैंमा नराम्रो संस्कार होइन। यसको सांस्कृतिक सौन्दर्यलाई जोगाउँदै परिमार्जनको खाँचो भने अवश्य देखिएको हो। स्वरूप परिवर्तन भयो होला तर, महिलाहरू अझै पनि उत्पीडनमा परिरहेकै छन्। त्यसैले त्यो उत्पीडनको पक्षमा तीजे कार्यक्रम गर्नतर्फ सोच्न सकिन्न र? 

महिलाहरूले यो पर्वको आडमा आफ्ना प्रतिभा प्रस्फुटन गराउने खालका कार्यक्रमहरू आयोजना गर्न सक्नुहुन्छ। विभिन्न रचनात्मक कार्यहरू गर्न सक्नुहुन्छ। जसले महिलाको क्षमता अभिवृद्धि गरोस्। जनचेतना जगाओस् । प्राप्त गर्न नसकिएका अधिकारका लागि लड्न ऐक्यबद्ध हुन सिकाओस्। केहीले यसको थालनी गर्नुभएको छ।

बुढानीलकण्ठ वडा नंं २ का महिलाहरूले यही तीजको अवसर पारेर ३ दिने कार्यक्रम राख्नुभयो। जसमा मुलुकी ऐनबारे प्रशिक्षण, वृक्षरोपण र नाचगान जस्ता कार्यक्रम रहे। त्यस्तै सोही नगरपालिका वडा नं १ का महिलाले वडामा रहेको मानव सेवा आश्रमका वृद्धाहरूलाई खाना खुवाउने र सडक छेउ ग्रिन प्लान्टेसन गर्नुका साथै कविता सुन्ने–सुनाउने कार्यक्रम राखेका छन्। 

यसले महिलामा भएको प्रतिभा प्रस्फुटनमा सघाउँछ भने नजानेको विषयमा यही बहानामै प्रशिक्षित पनि गर्दछ। यसरी तडकभडक नगरी सिर्जनात्मक कार्यतर्फ अग्रसर भएर कार्यक्रमहरू गर्न सके यसले पक्कै पनि सकारात्मक सन्देश प्रवाह गर्ने थियो। जसले अहिलेको तीजले निर्माण गरिरहेको वितृष्णालाई हटाएर तीजजस्तो महिलाको पर्वलाई सकारात्मक तवरले हेर्ने दृष्टिकोणको निर्माण गर्ने थियो।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन?
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्