सुर्खेत– सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ।
गएराति १ बजे एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए।
चट्याङले कामी पत्नी ४८ वर्षीया खगिसरा पुन घाइते भएको चौधरीले बताए। घाइते पुनको सुर्खेत मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।