काठमाडौं– स्वास्थ्य तथा जनसँख्या मन्त्रालयलले नेपाल चिकित्सक संघको माग अनुसार मुलुकि संहिताकाे संशोधन प्रक्रिया अघि बढिसकेको बताएपछि नेपाल चिकित्सक संघले अाजदेखि हुने भनिएकाे घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १८ गते भएको सहमतिअनुसार संसोधन अघि बढेको प्रेस विज्ञप्ति मार्फत बताएको हो । विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ बीच मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद–१९ इलाज सम्बन्धी कसूर लगायतका स्वास्थ्यकर्मीहरुको सुरक्षाका सवालहरु सम्बन्धमा भएको साझा सहमति एवं नेपाल चिकित्सक संघको माग अनुसार संशोधन प्रक्रिया अघि बढी सकेको छ।'
संघले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई उक्त ऐन संशोधन नहुन्जेलसम्मका लागि दबाबमूलक कार्यक्रमहरु यथावत रुपमा संचालन गर्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको प्रतिबद्धता अनुरुप यथासिघ्र ऐन संशोधन नभएको खण्डमा नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न चेतावनी समेत महासचिव डा. लोचन कार्की हस्ताक्षरित विज्ञप्तिमार्फत् दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।