काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०को कोषध्यक्षमा हिक्मत थापा र युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेदवारीको घोषणा गरेका छन्।
वर्तमान कार्यसमितिको कोषाध्यक्ष रहनुभएका थापाले सोही पदमा पुनः निरन्तरता दिने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । आफ्नो कार्यकालमा शुरु भएको भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा नमूना आवासगृह निर्माण र काठमाडौँमा एनआरएनको केन्द्रीय कार्यालय निर्माणको काम जारी रहेकाले त्यसलाई सम्पन्न गर्न पुनः सोही पदमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
संस्था आर्थिक रुपमा बलियो नहुँदा धेरै साथी अभियानमा सहभागी हुन नसकेकाले एनआरएनलाई आर्थिक रुपमा सबल बनाउनुपर्ने उनको चुनाबी नारा छ।
यसैगरी एनआरएन युवा संयोजकका लागि शाहले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएन अस्ट्रेलियाको तीन कार्यकाल उपाध्यक्ष भइसकेका उनले उक्त पदमा उम्मेदवारी घोषणा गरे।
युवाको नेतृत्व विकास गर्नें र विश्वभर छरिएर रहेका नेपाली युवा सीपलाई मातृभूमि नेपालसम्म पु¥याउने आफ्नो चुनाबी नारा रहेको उनले बताए।
देशभित्र र बाहिर रहेका युवाको बृहत् संयुक्त सम्मलेन गरी एकअर्काको अनुभव साटासाट गर्ने तथा स्वदेशमै स्वरोजागर बन्न प्रेरित गर्ने आफ्नो योजना शाहले उल्लेख गरे।
एनआरएनको आठौँ विश्व सम्मेलन यही असोज २८ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।