विराटनगर– लागु औषधको दुव्र्यसन न्यूनीकरण गरी सभ्य समाज निर्माणको गर्न जिल्ला प्रहरी कार्यालय मोरङले ‘लागू औषध अपराध विरुद्धको ३ महिने अभियान’ संचालनमा ल्याएको छ।
विराटनगर भन्सार कार्यालय रानी परिसरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरिएको हो। विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बालदेव यादव तथा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले अभियानको सुरुवात गरेका हुन्। अभियान मंसिर २४ गतेसम्म चल्ने छ।

लागु औषधको बढ्दो प्रयोगले समाजलाई विकृत बनाएको र सुरक्षा चुनौती समेत बढेकाले लागु औषधको प्रयोग निरुत्साहित गरी सभ्य समाज निर्माण गर्नु अभियानको प्रमुख उदेश्य रहेको प्रजिअ केसीले बताए। ‘चोरी, लुटपाट, अपहरण तथा कर्तव्य ज्यान जस्ता विभिन्न सामाजिक अपराधको जड लागु औषध दुव्र्यसन हो’ उनले भने ‘यो अभियानले सामाजिक अपराधलाई निरुत्साहित गर्ने अपेक्षा हामीले गरेका छौं।’

लागु औषधका कारण समाजको ठूलो हिस्सा दलदलमा फसेको र त्यसले सामाजिक संरचनात्मक विकासलाई नै नकारात्मक दिशातर्फ धकेलेको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए। लागु औषध दुव्र्यसन, ओसार–पसार, खरीद–बिक्रीजस्ता अपराधबाट युवा जमातलाई जोगाउन अभियानले महत्वपूर्ण योगदान पु¥याउने बताए। ‘हामी सबै सरोकारवालासँग समन्वय गरी अघि बढ्दैछौं’ उनले भने, ‘सबैको साथ र सहयोग पाए अवश्य नै सफल हुनेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।