विराटनगर- जंगली च्याउ खाँदा सोलुखुम्बुुमा एकै परिवारका तीन जना सिकिस्त बिरामी परेका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ स्थित लौलासाका ३१ वर्षीय सागर राई, पत्नि २६ वर्षीया पासाङ तामाङ र साली २१ वर्षीया मैरानी तामाङ च्याउ खाएर सिकिस्त बिरामी भएका हुन्। दूधकुण्ड नगरपालिका–५ घर भएका उनीहरु लौलासामा होटल व्यवसाय गर्दै आएका छन्।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।