काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबार सर्वोच्च अदालतमा हाजिर गरेर फर्किएका छन्।
सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो। सुनुवाइमा जोशी अस्वीकृत भएपछि बिदामा बसेका थिए। सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्न न्यायाधीश जोशी सर्वोच्च अदालत पुगेका थिए।
न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा फर्केका सर्वाेच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए। जोशी काममा फर्किए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।