• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दुर्गा प्रसाईको आन्दोलन– लघुवित्तको ब्याज, राजनीतिले थोपरेको निराशा र राजा फर्काउने होड 

64x64
कल्पना घिमिरे बिहीबार, मंसिर ७, २०८०  १७:३७
1140x725

काठमाडौं– ललितपुरको धापाखेलका संगम मर्हजन आन्दोलनमा सहभागी हुने भन्दै बल्खु पुगेका थिए। बीबीएस अन्तिम वर्षमा अध्ययनरत उनी ‘देश बस्न लायक नरहेको’ भन्ने निष्कर्षका साथ आन्दोलन गर्न निस्किएका थिए। अध्ययन पूरा गर्दा पनि रोजगारी पाउने अवस्था र व्यवसाय गर्ने वातावरण पनि नभएको उनले सुनाए। 

देशमा अहिलेको अवस्था सिर्जना हुनुमा ‘फोहोरी राजनीतिक खेल’ जिम्मेवार रहेको उनको निष्कर्ष छ। ‘५ दशकदेखि उनै व्यक्ति, उनै पार्टीले शासन चलाउने गरिरहेका छन्। घुमिफिरी कुर्सीमा पुग्ने गरिरहेका छन्,’ उनी भन्छन्, ‘विगतमा कांग्रेस र एमालेले सरकार चलाए अनि माओवादी सहितका केही दल आए उनीहरुले लोकतन्त्र भन्दै गणतन्त्रसम्मको नाम दिएर शासन गरे र अहिले पनि गरिरहेका छन्। तर अवस्था किन झन्‌झन् बिग्रिँदै गएको छ? देशमा रोजगारी छैन। सक्षम जनशक्ति विदेश पलायन हुने क्रम वढेको छ।’ 

अहिले राजनीतिको केन्द्र र सत्तामा रहेका दलहरुका कारण देश बस्न लायक नबनेको पनि उनले निष्कर्ष सुनाए। ‘आर्थिक स्थिति राम्रो नहुनुको जिम्मेवार को हो? किन रोजगारीमा वृद्धि भएन? चारैतिर महङ्गी बढेको छ,’ उनी भन्छन्, ‘देशमा रोजगारी नपाएपछि लगानी गरेको, पढेको के काम?  अनि यो देश कसका लागि बनाइयो? विदेश नै जानुपर्ने अवस्था अहिलेकै राजनीतिक दलका नेताहरुको असक्षम नेतृत्वले गर्दा भएको हो। त्यसैले म आन्दोलनमा आएको हुँ।’

Balkhu_Andolan-1700740158.jpg

रोजगारी सिर्जना गर्नुको सट्टा महङ्गी बढाउने अनि भ्रष्टाचार गर्ने कार्यमा मात्र दलका नेताहरु केन्द्रित भएकाले यो व्यवस्था परिर्वतन गरेर राजा ल्याउनुपर्ने उनको तर्क छ। राजा आएपछि सबै ठिक हुन्छ त? यसको पनि स्पष्ट जवाफ उनीसँग छैन। तर अहिलेको संघीय गणतन्त्रले झन् देशलाई संकटमा लगेको उनलाई लागेको छ।

कैलालीकी देवश्री थरुनी पनि बल्खुमै भेटिइन्। श्रीमान्‌सहित झोला बोकेर उनी ‘आन्दोलन’ गर्न काठमाडौं आएकी हुन्। लघुवित्तबाट लिएको ऋणले पछिल्लो समय उनलाई गाउँमा बस्ने वातावरण नै छैन। ३ वटा लघुवित्तबाट फरक–फरक समयमा लिएको ऋण उनले चुक्ता गर्न सकिनन्। लघुवित्तका कर्मचारीहरुले घरमै आएर पैसा तिर्न ‘धम्की’ दिन थालेपछि उनले घरमा बस्न छाडेकी छन्। 

मेडिकेल व्यवसायी दूर्गा प्रसाईले ‘जनविद्रोह’का नाममा घोषणा गरेको ‘आन्दोलन’का अधिकांश अजेन्डाबारे उनलाई वास्ता छैन। उनी लघुवित्तको ऋण मिनाहा हुने अपेक्षासहित प्रसाईको समर्थनमा काठमाडौंसम्म पुगेकी हुन्। 

ऋणीहरुबाट चक्रिय ब्याज लिने लघुवित्तलाई नियमन नगर्दा आफू मारमा परेको उनको बुझाइ छ। प्रसाईले गरेको आन्दोलनबाट सरकारले लघुवित्त पीडितको आवाज सुन्ने उनको बुझाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी गरिबले लिएको ऋण मिनाह हुन्छ भनेको छ। त्यही भएर आन्दोलनमा आएको हो,’ उनले भनिन्, ‘अहिलेको अवस्था परिर्वतन भयो भने हामीलाई अलि सजिलो हुन्थ्यो कि?’ 

आफू २ दिनदेखि काठमाडौंको एक पार्टी प्यालेसमा परिवारसहित बस्दै आएको उनले सुनाइन्। आन्दोलन चल्दासम्म काठमाडौंमै बस्न अनि गाउँ फर्किने उनको योजना छ। 

आन्दोलनबाट माग पूरा होला त? उनलाई त्यसबारे केही थाहा छैन। उनी आफ्नो ऋण मिनाहा गरिदिनुपर्ने बताउँछिन्। 

‘मिनाहा भएन भने नि?’ यो प्रश्नको स्पष्ट जवाफ पनि उनीसँग छैन। अहिलेलाई अरु उपाय नभएका कारण प्रसाई नेतृत्वको आन्दोलनमा सरिक हुनुपरेको उनले सुनाइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ललितपुर ‘चगाखानी’की चन्द्रा राई पनि लघुवित्तको ऋणले पिरोलेपछि प्रसाई नेतृत्वको आन्दोलनमा भाग लिन बल्खु आइपुगिन्। बल्खुको पुलमा भेटिएकी उनको मुख्य माग आफू र आफूजस्तै ऋणीले लिएको ऋणका सन्दर्भमा केही सहुलियत हुनुपर्ने छ। प्रसाईले अगाडि सारेको अर्को अजेन्डा ‘राजतन्त्र फिर्ता’प्रति पनि उनको समर्थन छ। ‘राजा ल्याउन सकिन्छ भने ल्याए हुन्छ,’ उनले भनिन्। 

घर बनाउनका लागि लघुवित्तबाट २८ लाख रुपैयाँ ऋण लिएको चन्द्राले सुनाइन्। तर अहिले सावाँ–ब्याज तिर्न नसकिएको उनले बताइन्। 

‘हाम्रो पनि केही हुन्छ कि भनेर आन्दोलनमा आएको हो। ऋण मिनाह हुन्छ कि भनेर आएको हो। लघुवित्तको ऋण लिएको अहिले सावाँ, ब्याज त्यसको पनि व्याज तिर्न नसक्ने भएको छ,’  उनले भनिन्, ‘रोजगारी छैन। छोरा छोरीले पढे पनि काम पाउँदैन। आयस्रोत नभएपछि कसरी तिर्नु?’ 

सुरुमा त छोराले रोजगारी गरेर आर्जन गरेको आम्दानीबाट ऋण तिर्ने गरेको उनले सुनाइन्। तर कोरोना भाइरसको महामारीका कारण छोराले रोजगारी गुमाएपछि परिवारको आम्दानी नै गुम्यो।  

उनलाई पूर‌ै ऋण मिनाहा नहोला भन्ने लाग्छ। यद्यपि ब्याजमा सहुलियत मिलेमा भने आफूलाई धेरै राहत पुग्ने उनले सुनाइन्। ‘ऋण मिनाहा त पक्कै नहोला। केही सहुलियत भइदिए हुन्थ्यो। ब्याज मात्र नपरे पनि राहत हुने थियो,’ उनले सुनाइन्। 

सोही आन्दोलनमा भेटिए भक्तपुरमा हर्षमान वोडे। अहिलेका दलहरु र व्यवस्थाप्रति दिक्क लागेर आफू दुर्गा प्रसाई नेतृत्वको आन्दोलमा आएको उनले सुनाए। २०६२/०६३ को जनआन्दोलनपछि लगातार देशमा ३ दलका नेताहरुले सरकार चलाउँदै आएको, तर देश भने झन्‌झन्‌ गरिब बनाएको उनलाई लागेको छ। 

‘अहिले रोजगारी छैन। अर्थव्यवस्था धरासायी छ। युवाहरु विदेश पलायन हुने क्रम वढ्दो छ,’ उनले भने, ‘यो सबै हुनुको जिम्मेवारी कसैले लिँदैन। यसको सबै कारण गणतन्त्रपछि आएको नेतृत्व हो।’ 

हिन्दु धर्म सापेक्ष, राजासहितको राज्य हुनुपर्ने पक्षमा आफू रहेको वोडेले सुनाए। हिन्दुहरु धेरै भएको देशमा धर्म निरपेक्षता राख्ने काम गलत भएको र अहिलेको वेथितिले पनि राजा नै चाहिन्छ भन्ने देखाएको उनलाई लागेको छ।  

अहिलेको भ्रष्टाचारविरुद्ध पनि आफू सडकमा आएको उनले सुनाए। दलका नेताहरुले मिलेर सबै ठाउँमा लुट मच्चाएकाले उनीहरुमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ। भ्रष्टाचार गर्ने नेताहरुलाई कारबाही नहुने हो भने श्रीलंका झैं देश टाट पल्टने अनि जनताले नेताहरुलाई देशबाट लखेट्नुपर्ने अवस्था आउने उनको तर्क छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्