• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दुर्गा प्रसाईको आन्दोलन– लघुवित्तको ब्याज, राजनीतिले थोपरेको निराशा र राजा फर्काउने होड 

64x64
कल्पना घिमिरे बिहीबार, मंसिर ७, २०८०  १७:३७
1140x725

काठमाडौं– ललितपुरको धापाखेलका संगम मर्हजन आन्दोलनमा सहभागी हुने भन्दै बल्खु पुगेका थिए। बीबीएस अन्तिम वर्षमा अध्ययनरत उनी ‘देश बस्न लायक नरहेको’ भन्ने निष्कर्षका साथ आन्दोलन गर्न निस्किएका थिए। अध्ययन पूरा गर्दा पनि रोजगारी पाउने अवस्था र व्यवसाय गर्ने वातावरण पनि नभएको उनले सुनाए। 

देशमा अहिलेको अवस्था सिर्जना हुनुमा ‘फोहोरी राजनीतिक खेल’ जिम्मेवार रहेको उनको निष्कर्ष छ। ‘५ दशकदेखि उनै व्यक्ति, उनै पार्टीले शासन चलाउने गरिरहेका छन्। घुमिफिरी कुर्सीमा पुग्ने गरिरहेका छन्,’ उनी भन्छन्, ‘विगतमा कांग्रेस र एमालेले सरकार चलाए अनि माओवादी सहितका केही दल आए उनीहरुले लोकतन्त्र भन्दै गणतन्त्रसम्मको नाम दिएर शासन गरे र अहिले पनि गरिरहेका छन्। तर अवस्था किन झन्‌झन् बिग्रिँदै गएको छ? देशमा रोजगारी छैन। सक्षम जनशक्ति विदेश पलायन हुने क्रम वढेको छ।’ 

अहिले राजनीतिको केन्द्र र सत्तामा रहेका दलहरुका कारण देश बस्न लायक नबनेको पनि उनले निष्कर्ष सुनाए। ‘आर्थिक स्थिति राम्रो नहुनुको जिम्मेवार को हो? किन रोजगारीमा वृद्धि भएन? चारैतिर महङ्गी बढेको छ,’ उनी भन्छन्, ‘देशमा रोजगारी नपाएपछि लगानी गरेको, पढेको के काम?  अनि यो देश कसका लागि बनाइयो? विदेश नै जानुपर्ने अवस्था अहिलेकै राजनीतिक दलका नेताहरुको असक्षम नेतृत्वले गर्दा भएको हो। त्यसैले म आन्दोलनमा आएको हुँ।’

Balkhu_Andolan-1700740158.jpg

रोजगारी सिर्जना गर्नुको सट्टा महङ्गी बढाउने अनि भ्रष्टाचार गर्ने कार्यमा मात्र दलका नेताहरु केन्द्रित भएकाले यो व्यवस्था परिर्वतन गरेर राजा ल्याउनुपर्ने उनको तर्क छ। राजा आएपछि सबै ठिक हुन्छ त? यसको पनि स्पष्ट जवाफ उनीसँग छैन। तर अहिलेको संघीय गणतन्त्रले झन् देशलाई संकटमा लगेको उनलाई लागेको छ।

कैलालीकी देवश्री थरुनी पनि बल्खुमै भेटिइन्। श्रीमान्‌सहित झोला बोकेर उनी ‘आन्दोलन’ गर्न काठमाडौं आएकी हुन्। लघुवित्तबाट लिएको ऋणले पछिल्लो समय उनलाई गाउँमा बस्ने वातावरण नै छैन। ३ वटा लघुवित्तबाट फरक–फरक समयमा लिएको ऋण उनले चुक्ता गर्न सकिनन्। लघुवित्तका कर्मचारीहरुले घरमै आएर पैसा तिर्न ‘धम्की’ दिन थालेपछि उनले घरमा बस्न छाडेकी छन्। 

मेडिकेल व्यवसायी दूर्गा प्रसाईले ‘जनविद्रोह’का नाममा घोषणा गरेको ‘आन्दोलन’का अधिकांश अजेन्डाबारे उनलाई वास्ता छैन। उनी लघुवित्तको ऋण मिनाहा हुने अपेक्षासहित प्रसाईको समर्थनमा काठमाडौंसम्म पुगेकी हुन्। 

ऋणीहरुबाट चक्रिय ब्याज लिने लघुवित्तलाई नियमन नगर्दा आफू मारमा परेको उनको बुझाइ छ। प्रसाईले गरेको आन्दोलनबाट सरकारले लघुवित्त पीडितको आवाज सुन्ने उनको बुझाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी गरिबले लिएको ऋण मिनाह हुन्छ भनेको छ। त्यही भएर आन्दोलनमा आएको हो,’ उनले भनिन्, ‘अहिलेको अवस्था परिर्वतन भयो भने हामीलाई अलि सजिलो हुन्थ्यो कि?’ 

आफू २ दिनदेखि काठमाडौंको एक पार्टी प्यालेसमा परिवारसहित बस्दै आएको उनले सुनाइन्। आन्दोलन चल्दासम्म काठमाडौंमै बस्न अनि गाउँ फर्किने उनको योजना छ। 

आन्दोलनबाट माग पूरा होला त? उनलाई त्यसबारे केही थाहा छैन। उनी आफ्नो ऋण मिनाहा गरिदिनुपर्ने बताउँछिन्। 

‘मिनाहा भएन भने नि?’ यो प्रश्नको स्पष्ट जवाफ पनि उनीसँग छैन। अहिलेलाई अरु उपाय नभएका कारण प्रसाई नेतृत्वको आन्दोलनमा सरिक हुनुपरेको उनले सुनाइन्। 

Xtrem

Xtrem

ललितपुर ‘चगाखानी’की चन्द्रा राई पनि लघुवित्तको ऋणले पिरोलेपछि प्रसाई नेतृत्वको आन्दोलनमा भाग लिन बल्खु आइपुगिन्। बल्खुको पुलमा भेटिएकी उनको मुख्य माग आफू र आफूजस्तै ऋणीले लिएको ऋणका सन्दर्भमा केही सहुलियत हुनुपर्ने छ। प्रसाईले अगाडि सारेको अर्को अजेन्डा ‘राजतन्त्र फिर्ता’प्रति पनि उनको समर्थन छ। ‘राजा ल्याउन सकिन्छ भने ल्याए हुन्छ,’ उनले भनिन्। 

घर बनाउनका लागि लघुवित्तबाट २८ लाख रुपैयाँ ऋण लिएको चन्द्राले सुनाइन्। तर अहिले सावाँ–ब्याज तिर्न नसकिएको उनले बताइन्। 

‘हाम्रो पनि केही हुन्छ कि भनेर आन्दोलनमा आएको हो। ऋण मिनाह हुन्छ कि भनेर आएको हो। लघुवित्तको ऋण लिएको अहिले सावाँ, ब्याज त्यसको पनि व्याज तिर्न नसक्ने भएको छ,’  उनले भनिन्, ‘रोजगारी छैन। छोरा छोरीले पढे पनि काम पाउँदैन। आयस्रोत नभएपछि कसरी तिर्नु?’ 

सुरुमा त छोराले रोजगारी गरेर आर्जन गरेको आम्दानीबाट ऋण तिर्ने गरेको उनले सुनाइन्। तर कोरोना भाइरसको महामारीका कारण छोराले रोजगारी गुमाएपछि परिवारको आम्दानी नै गुम्यो।  

उनलाई पूर‌ै ऋण मिनाहा नहोला भन्ने लाग्छ। यद्यपि ब्याजमा सहुलियत मिलेमा भने आफूलाई धेरै राहत पुग्ने उनले सुनाइन्। ‘ऋण मिनाहा त पक्कै नहोला। केही सहुलियत भइदिए हुन्थ्यो। ब्याज मात्र नपरे पनि राहत हुने थियो,’ उनले सुनाइन्। 

सोही आन्दोलनमा भेटिए भक्तपुरमा हर्षमान वोडे। अहिलेका दलहरु र व्यवस्थाप्रति दिक्क लागेर आफू दुर्गा प्रसाई नेतृत्वको आन्दोलमा आएको उनले सुनाए। २०६२/०६३ को जनआन्दोलनपछि लगातार देशमा ३ दलका नेताहरुले सरकार चलाउँदै आएको, तर देश भने झन्‌झन्‌ गरिब बनाएको उनलाई लागेको छ। 

‘अहिले रोजगारी छैन। अर्थव्यवस्था धरासायी छ। युवाहरु विदेश पलायन हुने क्रम वढ्दो छ,’ उनले भने, ‘यो सबै हुनुको जिम्मेवारी कसैले लिँदैन। यसको सबै कारण गणतन्त्रपछि आएको नेतृत्व हो।’ 

हिन्दु धर्म सापेक्ष, राजासहितको राज्य हुनुपर्ने पक्षमा आफू रहेको वोडेले सुनाए। हिन्दुहरु धेरै भएको देशमा धर्म निरपेक्षता राख्ने काम गलत भएको र अहिलेको वेथितिले पनि राजा नै चाहिन्छ भन्ने देखाएको उनलाई लागेको छ।  

अहिलेको भ्रष्टाचारविरुद्ध पनि आफू सडकमा आएको उनले सुनाए। दलका नेताहरुले मिलेर सबै ठाउँमा लुट मच्चाएकाले उनीहरुमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ। भ्रष्टाचार गर्ने नेताहरुलाई कारबाही नहुने हो भने श्रीलंका झैं देश टाट पल्टने अनि जनताले नेताहरुलाई देशबाट लखेट्नुपर्ने अवस्था आउने उनको तर्क छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? बिहीबार, असोज ८, २०८३
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्