काठमाडौं– प्रहरीले लिखतसम्बन्धी कसुर मुद्दाका प्रतिवादीलाई काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर ६ सुनथानका ६७ वर्षीय पुस्कर बहादुर बस्नेत रहेका छन्।
सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई हकभोगको लागि दिएको काभ्रेपलाञ्चोक साविक सुनथान गाविस वडा नं. ८ कि. नं. ७५ क्षेत्रफल ३६-०-२-० वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नको लागि फिल्डबुक लगायत सरकारी कागजात कीर्ते गरेको अभियोगमा उनी पक्राउ परेका हुन्।
पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत धुलिखेलबाट लिखतसम्बन्धी कसूर मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।