काठमाडौं– हमास र इजरायलबीच सम्झौता भएको छ। ७ अक्टोबरदेखि जारी युद्ध ४ दिनका लागि रोक्न इजरायल तयार भएको हो। यस्तै, बन्धकलाई रिहा गर्दै जाने प्रतिबद्धता हमासले जनाएको छ।
सुरुमा ५० जना बन्धकलाई छाड्ने हमासको वाचा छ। ती ५० जनामा महिला र बच्चा धेरै रहेको बुझिएको छ।
पहिलो चरणमा छुट्नेमा अधिकांश इजरायली नागरिक हुनेछन्। इजरायल सरकारले सबै बन्धकलाई घर फर्काउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
यसको बदला इजरायलले १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्नेछ। सम्झौतापछि मानवीय सहयोगका लागि सयौं ट्रकलाई गाजामा प्रवेश दिइने अपेक्षा पनि गरिएको छ।
नेपालका विपीन जोशी हमासको कब्जामा रहेको इजरायलले जनाएको छ। उनको रिहाइका लागि नेपाल सरकारले पहल जारी राखेको छ।
हमासले टेलिग्रामबाट बिज्ञप्ति जारी गर्दै मानवीय आधारमा युद्ध बिराममा सहमति जनाएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।