काठमाडौं- सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेलसहितले रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।