पोखरा– माछा मार्ने क्रममा करेन्ट लागेर कास्कीको पोखरामा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनार छन्।
प्रहरीका अनुसार सोमबार अपराह्नतिर उनीहरु पटनेरीस्थित कुलोमा माछा मारिरहेका थिए। माछा मार्ने क्रममा करेन्ट लागेपछि बेहोस् भएका उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको थियो।
अपराह्न करिब ४ बजेतिर करेन्ट लागेका उनीहरुलाई अस्पताल पुर्याइए पनि चिकित्सकले अपराह्न ५:२३ बजे मृत घोषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।