• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एमाले भर्सेस दुर्गा प्रसाईं मैदानमा उत्रिने भएपछि उपत्यकाको सेक्युरिटी हाई अलर्ट

64x64
नेपाल लाइभ सोमबार, मंसिर ४, २०८०  १३:२६
1140x725

काठमाडौं- नेकपा एमाले भर्सेस मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एकै दिन काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्ने भएपछि काठमाडौं उपत्यकामा सुरक्षा उच्च सतर्कता (सेक्युरेटी हाई अलर्ट) अपनाइएको छ।

यी दुवै पक्षले मंसिर ७ गते काठमाडौं उपत्यकाको माइतीघरमा शक्ति प्रदर्शनको कार्यक्रम राखेपछि सुरक्षा उच्च सर्तकता अपनाइएको हो। उच्च सतर्कता अपनाउँदै यी दुवै पक्षलाई माइतीघरमा शक्ति प्रदर्शन गर्न नदिने प्रशासनले तयारी गरेको छ। गृह प्रशासन तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई मंसिर ७ गते माइतीघरमा शक्ति प्रदर्शन गर्न नदिने तयारी गरेको छ। 

प्रहरी प्रशासनले समेत काठमाडौंका छुट्टा–छुट्टै स्थान तोकेर कार्यक्रम गर्न दिनुपर्ने सुझाव दिएको छ। सोही अनुसार दुवै पक्षलाई दुई फरक ठाउँमा शक्ति प्रदर्शन गर्न दिने तयारी गरिएको छ। काठमाडौंको तीनकुने, नारायणचौर, माछापोखरी, कलंकी, कीर्तिपुर लगायतका ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्न दिनेबारे तयारी भइरहेको गृह प्रशासनले नेपाल लाइभलाई जानकारी दियो। 

फरक फरक ठाउँमा कार्यक्रम गर्न दिए पनि आक्रोशित भीडले झडपको स्थिति लिन सक्ने भएकाले थप उच्च सतर्कता समेत अपनाइएको प्रहरीले जनाएको छ। ‘अहिलेसम्म माथिल्लो निकायबाट ठ्याक्कै यही तयारी गर्नु भन्ने किसिमको कुनै आदेश आएको छैन। तर हामीले आन्तरिक रुपमा भने सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर तयारी अगाडि बढाइसकेका छौं,’ काठमाडौं उपत्यका एक उच्च प्रहरी अधिकारीले भने।

प्रहरीले आन्तरिक रुपमा एमाले निकट युवा संघका कार्यकर्ताको गतिविधि तथा तयारी र दुर्गा प्रसाईंका समर्थकको समेत गतिविधिबारे सूक्ष्म ढंगले अध्ययन गरिरहेको छ। सादा पोशाकका प्रहरीले काठमाडौं उपत्यकाका सुरक्षा अवस्था र हुन सक्ने जोखिमबारेको सूचना संकलन गरेर रिपोर्ट समेत गरिसकेका छन्। सोही अनुसार रणनीति बनाएर सुरक्षा दिइने प्रहरीले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उपत्यकाको तीन जिल्लाको कमाण्ड गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले पनि आफू मातहतका प्रहरी कार्यालयहरुलाई सुरक्षा तयारीबारे निर्देशन दिइसकेको छ। सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले कार्यक्रमका लागि कुनै पक्ष पनि अनुमति माग्न नआएको बताएका छन्। उनले भने, ‘हामी कहाँ अनुमति माग्न आएमा दुवैलाई उपयुक्त ठाउँमा प्रदर्शनका लागि सुझाउँछौं। उचित सुरक्षा प्रबन्ध गर्छौं।’

दुवै पक्षले प्रदर्शनस्थल माइतिघर मण्डलालाई तय गरेपछि झडप हुने स्थिति आएको थियो। एमालेले सरकार र अराजकता विरुद्ध युवा विद्यार्थी प्रदर्शन गर्ने जनाएको छ। महेश बस्नेतको नेतृत्वमा हुने उक्त प्रदर्शनलाई नेकपा एमालेले अपनत्व लिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी गरिएको छ।

Xtrem
Xtrem

सोही दिन दुर्गा प्रसाईंको नेतृत्वमा ‘वृहत नागरिक मुक्ति आन्दोलन’ भनिएको छ। देशभरबाट सहभागी हुन आह्वान गरिएको छ। राजतन्त्रवादी र धर्म निरपेक्षता खारेजको पक्षमा रहेकाहरुको उनलाई समर्थन छ।

पछिल्लो समय देशमा अराजकता र राजावादीहरुको गतिविधि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत सुरक्षा निकायका प्रमुखहरुसँग ब्रिफिङ लिएका थिए। देशको पछिल्लो सुरक्षा अवस्था र चुनौतीबारे ब्रिफिङ लिएको  प्रधानमन्त्री प्रचण्ड स्वयंले बताएका थिए। अहिले कुनै ठूलो सुरक्षा चुनौती नरहेको भन्दै ब्रिफिङ गरिएको सुरक्षा स्रोतले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिए... बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार  एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका पाइएको... बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले  साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्