काठमाडौं- इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको दाबी गरेका छन्। उनले टिकटक प्रतिबन्धमा सबै दलका नेताहरुको मिलेमतो रहेको स्पष्ट हुने बताए।
सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरुको तुलना गर्दा सबै राजनीतिक दलहरु यसमा सहमत भएको बुझ्न सकिने स्पष्ट पारे। उनले टिकटक प्रतिबन्ध फिर्ता नहुनु र अदालतले आधारमा फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा टिकटक प्रतिबन्ध लगाएको बुझ्न सकिने उनको भनाइ थियो । अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने बताए। उनले सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताए।
उनले भने, ‘टिकटक बन्द सरकार एक्लैले भन्दा पनि मिलेमतोमा भएको जस्तो लाग्छ। जसरी भित्र, बाहिरका कुरा आएका छन्। टिकटकको प्रतिबन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतोमा नै भएको हो। टिकटकको प्रतिबन्ध मनासिव छँदै छैन।’
टिकटक बन्दले विश्वमा राम्रो सन्देश नजाने उनले बताए। ‘यो गम्भीर विषय हो। भारतबाट प्रतिबन्ध लगाइयो, नेपालले पनि त्यही बाटो समात्यो। कतिपय मिडियामा चाइनाको टिकटक बन्द भयो, चिनियाँ प्रोजेक्टमा छानबिन हुँदैछ भनेर पनि समाचार आएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।