बर्दिवास– चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उनीहरुले गत शनिबार भङ्गाहा नगरपालिका–६ जमुनियाँका अर्जुन भुजेलको घरबाट रु १० लाख बराबरको धनमाल लुटपाट गरेका थिए।
बन्दुक, खुँडा, खुकुरी, भाला र विष्फोटक पदार्थसहित पुगेका तीनै जनाले खुकुरी तथा गोली प्रहार गरी भुजेलसहित ५ जनालाई घाइते बनाएका थिए।
घाइतेको काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ गरिएकाहरूको बयानका आधारमा अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।