काठमाडौं- इजराइली डिफेन्स फोर्स (आईडीएफ)ले हमासले बन्धक बनाएर गाजातर्फ लगेकाहरुमा नेपालका विपिन जोशी पनि रहेको जनाएको छ।
इजराइलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै आईडीएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।
‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी समेत दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।