नुवाकोट- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि पर्यटकीयस्थल ककनी आएका छन्।
नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेको जानकारी दिए।
उनी चारदिने भारत भ्रमण सकेर आइतबार मात्रै स्वदेश फर्किएका थिए। भ्रमण क्रममा उनले भारतीय राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए।
उनी मंगलबार बिहान राजधानी फर्कने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।