बनेपा– काभ्रेपलाञ्चोकमा सुनकोशी नदीमा पौडी खेल्ने क्रममा सोमबार दुई जना बेपत्ता भएका छन्।
वेपत्ता हुनेमा चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरी रहेका छन्।
गाउँकै सुनिल पहरीको मलामी गएका बेला दुवै पौडी खेल्न सुनकोशीमा जाँदा नदीले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रविराज खड्काले जानकारी दिए।
उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।