चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ।
पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो।
सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।