buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

तिहारमा दिदीबहिनीले दिएको भाइमसला– कति खाने, कसरी खाने? 

भाइमसलामा हुने कुन खानेकुरामा के पौष्टिक तत्व पाइन्छ?
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०८०  १२:३८
1140x725

काठमाडौं– नेपालीको प्रमुख पर्व मध्येको एक तिहार सकिएको छ। तिहारको अन्तिम दिन, बुधबार दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाएका छन्। तिहारमा दाजुभाइलाई टीका लगाएपछि दिदीबहिनीले उपहारका रुपमा भाइमसला दिने गर्छन्। दाजुभाइले भने दिदीबहिनीलाई विभिन्न उपहार दिने चलन छ।

तिहारमा भाइमसलाको रुपमा ड्राइ फ्रुट्स तथा मसलाहरु निकै लोकप्रिय छन्।  खासगरी काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, सुपारी, मखना लगायत मसलाहरु भाइमसलाका रुपमा प्रयोग गरिन्छन्। दाजुभाइलाई दिइने यस्ता मसलाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छन्। खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरुको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा निकै सहयोग पुग्छ। साथै रोगनिरोधक क्षमता बढ्छ। 

त्यसो त अहिले बजारमा ‘रेडिमेड’ भाइमसलाका प्याकेटहरु पनि पाइन्छन्। तर, चिकित्सकहरु भने बजारका रेडिमेड भाइ मसलाका प्याकेटहरु किन्नुभन्दा ‘ड्राइ फ्रुट्स’हरु किनेर आफैं तयार गर्न सुझाव दिन्छन्। आफ्ना  दाजु–भाइको दीर्घ आयुका लागि दिदी–बहिनीहरुले स्वास्थ्यलाई बढीभन्दा बढी फाइदा पुर्‍याउने सुख्खा फलहरु किनेर दिन चिकित्सकको सुझाव छ। 

बजारमा पाइने मिठाइ, चक्लेट र अन्य गुलिया चिजभन्दा बदाम, हाडेबदाम, काजु, किसमिस, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स समावेश गरेर भाइ मसला तयार गर्नु उपयुक्त हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायत नट्सले हृदयघात र मस्तिष्कघातको जोखिम न्यून पार्छ। उनीहरू यस्ता खानेकुरा सकेसम्म खान सुझाब दिन्छन्।

हप्तैपिच्छे थोरै–थोरै मात्रामा निकैपल्ट यस्ता सुख्खा फलफूल खानाले हृदयघात र मस्तिष्कघातको जोखिम घट्ने विभिन्न अध्ययनले देखाएका छन्। नट्समाथि हालै गरिएको एउटा अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको थियो।

हार्भर्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले २ लाख १० हजार व्यक्ति समावेश गरी ३२ वर्ष लगाएर गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। अनुसन्धानकर्ताहरूले यस्ता नट्स (विभिन्न किसिमका बदाम) को उपभोगको मात्राले कार्डियोभास्कुलर डिजिजको जोखिम घटाउने पत्ता लागेको बताएका छन्। 

नियमित रूपमा नट्स खानेहरूलाई कहिल्यै नखाने वा आक्कलझुक्कल खानेको तुलनामा कार्डियोभास्कुलर डिजिज वा कोरोनरी हार्ट डिजिज लाग्ने जोखिम निकै कम हुने पोषणकी रिसर्च फेलो डा मार्टा गुस फेरेले बताइन्। उनका अनुसार नट्स नखानेको तुलनामा सातामा ५ वा बढी पटक नट्स खानेलाई कार्डियोभास्कुलर डिजिजको जोखिम १४ प्रतिशत र कोरोनरी डिजिजको जोखिम २० प्रतिशत न्यून हुन्छ।

अनुसन्धानकर्ताले हरेकपल्ट २८ ग्राम वा एक औंस नट्स खाँदा कार्डियोभास्कुलर डिजिजको जोखिम ६ प्रतिशत र कोरोनरी डिजिजको जोखिम १३ प्रतिशत न्यून हुने पत्ता लगाएका हुन्। सातामा कम्तिमा पनि ४ देखि ७ पल्टसम्म २८ ग्रामका दरले नट्स खान फेरेले सुझाएकी छिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नट्सलाई धेरै समयअघिदेखि नै स्वस्थकर खानेकुराका रूपमा लिने गरिएको थियो। नट्समा प्रोटिन मात्र नभएर स्वस्थकर फ्याट र मुटुका लागि आवश्यक अन्य पोषक तत्व पनि पाइन्छन्। नट्समा रगतमा कोलेस्टेरोल घटाउने मुटुका लागि स्वस्थ (मोनोस्याचुरेटेड) फ्याट पाइन्छ। 

नट्समा फाइबर र शरीरमा जलन न्यून पार्ने तथा मुटुलाई जोगाउने अन्य पोषक तत्व पनि पाइने युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी पब्लिक हेल्थ असिस्टेन्ट प्रोफेसर डा लरी राइटले बताइन्। उनका अनुसार थोरै मात्रामा खाइने नट्सले पनि स्वास्थ्यमा फाइदा गर्छ।

उनले भनिन्, ‘अध्ययनले एक औंस (२८ ग्राम) नट्स (हाडे बदाम, काजु, ओखर र बदाम लगायत) खानु अत्यन्त स्वस्थकर हुन्छ।’

नट्समा पाइने डाएटरी फ्याटले कोष वृद्धिमा सघाउँछ र शरीरलाई ऊर्जा दिन्छ। नट्सले शरीरमा केही पोषक तत्व सोस्न समेत सघाउँछ, जसबाट निश्चित हर्मोन उत्पादन हुन्छ र विभिन्न अंगको सुरक्षा गर्छ।

हार्भर्डको समूहले गरेको अध्ययनले बदाम, ओखर, पेस्ता, हाडेबदाम, काजु र ह्याजलनटले कार्डियोभास्कुलर र कोरोनरी डिजिजको जोखिम कम गर्ने देखाएको हो। त्यसैगरी बदाम र ओखर खाए मस्तिष्कघातको जोखिम समेत कम हुने पाइएको छ।

चकलेटमा हालिएका, नुन मिसाइएका वा भुटिएका नट्स खानुभन्दा सादा नट्सले बढी फाइदा गर्छ। किनभने अरु कुरा र नुन मिसाइएका नट्समा सोडियम (नुन) र सुगर (चिनी)को मात्रा धेरै हुन्छ, जसले मुटुलाई हानि पुर्‍याउँछ। पोषणविदहरू यसको साटो मसला वा जडीबुटीजन्य वनस्पतिका पात, मह वा सुन्तलाजस्ता फलफूलसँग स्वाद लिएर नट्स खान सुझाव दिन्छन्।

ओखर
तिहारमा विशेष महत्वका साथ प्रयोग हुने तिहार निकै लाभदायक मानिन्छ। ओखरको नियमित सेवनले व्यक्तिको दिमाग तेज चल्न मद्दत पुर्‍याउँछ। 

यसले कपाल तथा छालासम्बन्धी समस्याबाट छुटकारा पाउन समेत मद्दत पुर्‍याउँछ। यसको नियमित सेवनले कब्जियत समस्याबाट समेत मुक्ति मिल्छ। 

बदाम 
भाइमसलामा राखिने बदाम पनि निकै स्वास्थ्यवर्द्धक मानिन्छ। बदाम प्रोटिनको स्रोत पनि मानिन्छ। यसको सेवनले शरीरमा रक्तकोष तथा हेमोग्लोबिनको विकासमा निकै सहयोग पुग्छ। बदामको नियमित प्रयोग गर्नाले सुगर रोगीहरुलाई निकै फाइदा पुग्छ।

खानापछि बढ्ने सुगरको मात्रा यसको प्रयोगले कमी आउँछ। मुटुरोग रोकथाममा पनि यसले सघाउ पुर्‍याउँछ। स्मरण शक्ति बढाउनुका साथै बदामले मष्तिष्कको विकासमा समेत टेवा पुर्‍याउँछ। 

किसमिस
किसमिस पनि भाइमसलामा प्रयोग हुन्छ। अंगुर सुकाएर बनाइने किसमिस निकै फाइदाजनक मानिन्छ। क्याल्सियम, फाइबर र आइरनको स्रोत मानिने किसमिसले रक्तअल्पता तथा कब्जियत हटाउन मद्दत पुर्‍याउँछ।

यसबाहेक एनिमिया, दाँतमा हुने क्याविटी तथा किड्नीको पत्थरी हुनबाट समेत यसले जोगाउँछ। यसमा पाइने ग्लुकोजले शरीरलाई ऊर्जा समेत प्रदान गर्छ।

काजु
अधिकांशको लोकप्रिय मानिने काजु हल्का गुलियो स्वादको हुन्छ। यसमा भिटामिन ई पर्याप्त मात्रामा पाइन्छ। चिकित्सककाअनुसार काजुमा प्राप्त हुने एन्टि–एजिङ तत्वले तपाईंको छालाको सुन्दरता कायम गर्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनबाट छुटकारा पाउन सकिन्छ। अर्थात् तपाइँको अनुहार उमेरभन्दा भर्खरको जस्तो देखाउन मद्दत मिल्छ। 

यसमा पाइने तत्वले मुटुलाई समेत स्वस्थ्य बनाउन मद्दत पुर्‍याउँछ। मांसपेशीलाई बलियो बनाउनुका साथै डायबिटिज समेत नियन्त्रणमा मद्दत गर्छ। काजुमा कार्बोहाइड्रेड, प्रोटिन्, आइरन लगायत तत्व पाइन्छ। 

पेस्ता 
पेस्ता शरीरका लागि गुणकारी मानिन्छ। यसमा पाइने म्याग्नेसियम, कपर, रेशा, फस्फोरस र भिटामिन बी जस्ता तत्वले शरीरलाई निकै फाइदा पुर्‍याउँछ। पेस्ताले शरीरको कोलेस्ट्रोल नियन्त्रण गरी मुटुसँग सम्बन्धीत रोगहरुबाट बचाउँछ। 

साथै पेस्तामा भिटामिन ई पाइन्छ। यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्दछ। त्यस्तै छालाको क्यान्सर जोखिम कम गराउँछ। उमेर अगाडि नै देखिने चाउरीपनमा समेत पेस्ताको सेवनबाट राहत मिल्छ। सन्तुलित रक्त सञ्चालन प्रणालीका लागि उपयुक्त मानिने पेस्ताले हृदयघातजस्ता रोगबाट समेत बचाउँछ। 

नरिवल 
भाइमसलामा नरिवलको अनिवार्य प्रयोग गरिन्छ। नरिवल स्वास्थयका दृष्टिले अत्ति उपयोगी फल हो।

खाना नपच्ने, पिसापसम्बन्धी रोग, रक्त विकारलगायत समस्याका लागि यो उपयुक्त मानिन्छ। नरिवलमा भिटामिन ए, बी, सीका साथै क्याल्सियम, प्रोटिन र फलाम पाइन्छ। 

छोकडा
छोकडामा आइरन, मिनरल, क्याल्सियम, फस्फोरस लगायत तत्वहरु प्रचुर मात्रामा पाइन्छ। दैनिक ५ वटा छोकडा खाँदा शरीरका लागि अचुक फाइदा हुने चिकित्सकहरु बताउँछन्। छोकडाको प्रयोगले स्वास्थ्य तथा सुन्दर बन्न सहयोग पुग्छ।

छोकडाको नियमित सेवनले पेटसम्बन्धी समस्या कम हुन्छ। छोकडा दूधसँग खाएमा यौन दुर्वलता कम हुन्छ। दमका रोगी लाई पनि यो निकै उपयुक्त हुन्छ , शरीरमा रगतको मात्रा बढाउँछ। त्यस्तै यसको सेवनले थकान कम हुन्छ। शरीरलाई निकै फाइदा पुग्छ। 

मखना
भाइमसलाका रुपमा प्रयोग हुने मखनाको पनि उत्तिकै महत्व छ। मखनाको सेवनले तनाव कम हुनुका साथै आरामले निदाउन समेत सहज पुर्‍याउँछ। यसलाई सुत्नु अगाडि दूधसँग सेवन गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ
रास्वपाको बन्दसत्र सुरू
च्यासलमा एमाले संसदीय दलको बैठक, ओलीले ब्रिफिङ गर्दै
सम्बन्धित सामग्री
गर्मीमा यसकारण नरिवल पानी पिउने प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहर... आइतबार, जेठ ३१, २०८३
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ मंगलबार, असार ९, २०८३
रास्वपाको बन्दसत्र सुरू मंगलबार, असार ९, २०८३
च्यासलमा एमाले संसदीय दलको बैठक, ओलीले ब्रिफिङ गर्दै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
तराईमा तातो लहर कायमै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्