• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषि विज्ञानका विद्यार्थी ‘सिक्दै कमाउँदै कार्यक्रम’अन्तर्गत कोरिया जान पाउने

64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक २३, २०८०  २०:२३
1140x725

काठमाडौं– कृषि विज्ञान विषयका नेपाली विद्यार्थी प्रशिक्षार्थी कामदारका रुपमा दक्षिण कोरिया जान पाउने भएका छन्। कृषि विज्ञान विषयमा स्नातक गरेका विद्यार्थीहरुलाई सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत दक्षिण कोरिया पठाउने गरी सम्झौता भएको हो।

यसबारे गत कार्तिक १६ गते नेपालका कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि खाद्य तथा ग्रामिण मामिलामन्त्री चुङ्ग व्हाङ्गक्वुनबीच द्वीपक्षीय सम्झौता भएको थियो।

कृषि मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीले कृषिका विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत कोरिया पठाउने गरी सम्झौता भएको बताइन्। कोरिया जाने बाटो खुले पनि कहिले पठाउने, कति विद्यार्थी पठाउने भन्ने विषयमा तत्काल छलफल भइ नसकेको प्रवक्ता सिवाकोटीको भनाइ छ। 

‘कृषि विषयअन्तर्गतका स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कोरिया जानसक्ने गरी सम्झौता भएको हो। जसअनुसार कृषिमा स्नातक पढेका विद्यार्थी प्रशिक्षार्थी कामदारको रुपमा जान पाउने त भयो। तर कहिले पठाउने, कसरी पठाउने भन्ने विषयमा भने छलफल भएको छैन,’ उनले भनिन्।

यसअघि कृषि विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायलमा जाने गरेका थिए। सोही कार्यक्रमका लागि इजरायल गएका १० जना विद्यार्थीले गत महिना हमास विद्रोहीको आक्रमणमा ज्यान गुमाएका थिए। इजरायलमा अझै १ जना नेपाली विद्यार्थी बेपत्ता छन्। हमास समूहको आक्रमणपछि सरकारले इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थी जाने व्यवस्थामा रोक लगाएको छ। 

इजरायलको कार्यक्रम युद्धका कारण प्रभावित भएपछि वैकल्पिक गन्तव्यको रुपमा सरकारले दक्षिण कोरिया छनोट गरेको छ।

कृषि विषयमा स्नातक सकेका नेपाली विद्यार्थी र युवा कृषि उद्यमीलाई बढीमा २ वर्ष सम्मका लागि कृषिमै सिक्दै र कमाउँदै कार्यक्रममा लैजान सक्ने विषय समझदारीमा समेटिएको मन्त्रालयका उपसचिव डालप्रसाद पुडासैनीले बताए। ‘इजरायलमा यस्तो कार्यक्रम प्रभावित भएपछि नयाँ विकल्पको रुपमा दक्षिण कोरियालाई लिइएको हो। समझदारीको कार्यान्वयन सुरु भएपछि नेपालीहरु दक्षिण कोरिया जान सक्छन,’ उनले भने।

दक्षिण कोरियासँग भएको कृषि विकास समझदारीमा २ प्रकारका प्रशिक्षार्थी कामदार पठाउने मोडलको प्रस्ताव गरिएको छ। जसमा नेपालमा नयाँ ढंगबाट कृषि उद्यममा काम गरिहेका युवा कृषि उद्योगी र कृषिमा स्नातक पढेका विद्यार्थी रहेको उनको भनाइ छ।

Ncell 2
Ncell 2

कृषिमा दक्षिण कोरियाले गरेको विकासबाट सिकेर नेपालमा यसको प्रयोगका लागि यस्तो कार्यक्रम अघि सारिएको मन्त्रालयको दाबी छ। 

८ बुँदामा प्रारम्भिक सहमतिमा समझदारी गरेको दक्षिण कोरियाले यसको विस्तृत् सम्झौता भने केही समय पछि गर्नेछ। कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि जानेहरुको प्रक्रिया यसअघि कोरियाले लैजाने गरेको ईपीएस प्रणाली भन्दा फरक हुने मन्त्रालयले जनाएको छ।

जीविका कृषि विज्ञान कलेजको छुट्टै सम्झौता
यस्तै जीविका कृषि विज्ञान कलेजले आफ्ना विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कोरिया पठाउने सम्झौता गरेको छ। सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी संस्थाले सञ्चालन गरेको जीविका कृषि विज्ञान कलेजले सिक्दै कमाउँदै कार्यक्रमका लागि १ वर्ष विद्यार्थीलाई कोरिया पठाउने भएको हो।

बिएससी एजी ४ वर्षे कोर्स अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि १ वर्ष कोरिया पठाउने सम्झौता भएको कलेजका व्यवस्थापक शिवकुमार डाँगीले बताए। तर उक्त सम्झौता कृषि मन्त्रालयअन्तर्गत भएको सम्झौताअनुसार नभएको, कलेजको आफ्नै भएको उनले बताए। 

‘कोरिया र हाम्रो कलेजबीच १ महिना अगाडि सम्झौता भएको हो। तर कहिलेदेखि पठाउने भन्नेबारे अहिले टुंगो लागिसकेको छैन,’ उनले भने,‘हाम्रो कलेजमा भर्ना हुनलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट परीक्षा दिइ छनौट भइसकेका विद्यार्थी हुनुपर्छ। सिक्दै कमाउँदै कार्यक्रमअनुसार कलेजमा भर्ना भएका विद्यार्थीले कोर्षको अन्तिम वर्ष कोरिया जाने र उताबाट फर्किएपछि मात्रै सर्टिफिकेट पाउने छन्।’

सहकारीले २०७५ सालदेखि जीविका कृषि विज्ञान कलेज सञ्चालन गर्दै आइरहेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट कलेजले ५० जनाको कोटा प्राप्त गरेको छ। तर विश्वविद्यालयले गत शैक्षिक सत्र २०७९–८० मा विद्यार्थी नै पठाएको थिएन्। नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी आउने कलेजका व्यवस्थापक डाँगीले बताए। 

कलेजमा पहिलो वर्ष २४, दोस्रो वर्ष १५, तेस्रो वर्ष २९ र चौथो वर्ष २८ विद्यार्थी भर्ना भएका थिए। सहकारी संस्थाले कलेज परिसरको २० बिघा क्षेत्रमा कृषि परियोजना सञ्चालन गरिरहेको छ। कलेजले आफ्नै क्षेत्रफलमा गाईपालन, बंगुर, बाख्रा र माछा पालनसँगै मेवा खेती, फूल खेती, ड्रागन फ्रुट खेती र मौसमी तरकारी खेती गरिरहेको छ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्