काठमाडौं– गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि सरकारकी कर्मचारीको तर्फबाट केही दिनको तलब कट्टी गरी सहयोग गर्ने निर्णय भएको छ।
मुख्यसचिव वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले भूकम्पबाट प्रभावितहरुको सहायताका लागि राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको हो।
निर्णय अनुसार सरकारका विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३ दिन, अधिकृतकस्तरका कर्मचारीबाट दुई दिन र सहायक स्तर तथा अन्य सबै कर्मचारीहरुको तर्फबाट एक दिनको तलब सहायता प्रदान गर्ने निर्णय गरिएको छ।
उक्त तलब सहाता प्रधानमन्त्री राहत कोषमा जम्मा गरीने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।