काठमाडौं– बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार मध्याह्न १२ बजेर ५८ मिनेटमा बाजुरा केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि जाजरकोट केन्द्र भएर भूकम्पका धक्का महसुस हुँदै आएको थियो। पछिल्लोपटक जाजरकोट केन्द्र भएर सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो।
शुक्रबार राति ११:४७ बजे जाजरकोट केन्द्र भएको गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ।
शुक्रबार रातिपछि जाजरकोट केन्द्र भएर मात्रै ९ पटक भूकम्प गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।