काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेका छन्।
बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधान सेनापति लगायत सहभागी हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
बैठक आइतबार बिहान ९:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ। बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पको क्षति, राहत, उद्धार र उपचारबारे छलफल तथा निर्णय हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।