• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जाजरकोट भूकम्प: तत्काल के गर्ने, कसरी गर्ने? 

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १९, २०८०  ०८:३०
1140x725

काठमाडौं– शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट १५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। 

भूकम्पबाट कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिममा बढी जनधनको क्षति भएको छ। भूकम्पका कारण कर्णाली प्रदेशसँगै अन्य प्रदेशका केही जिल्लामा समेत भौतिक संरचनामा क्षति पुगेको छ। 

शुक्रबार रातियता सरकारले भूकम्प प्रभावितको उद्धार गरिरहेको छ। आइतबारदेखि राहत वितरण तथा पुनर्स्थापना लगायतको प्रक्रिया अगाडि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। 

प्रधानमन्त्री प्रचण्डले शनिबार करिब १८ घण्टा भूकम्प प्रभावित क्षेत्रमा बिताएका थिए। भूकम्प प्रभावित बस्तीको अनुगमन गरेका उनले त्यहाँका स्थानीय व्यक्तिसँग पनि छलफल गरेका थिए। 

जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ। अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन्।

यसअघि २०७२ वैशाख १२ गतेको जस्तै धक्का पश्चिम नेपालका २ पहाडी जिल्लाले यस पटक बेहोर्नुपरेको छ। हिउँदको समयमा पहाडी जिल्लामा भूकम्पले घरहरु भत्काएपछि स्थानीयहरु खुला आकाशमुनि बस्न बाध्य भएका छन्। 

२०७२ सालको भूकम्पले भौतिक संरचनामा पुर्‍याएको क्षतिको अध्ययन तथा पुनर्निर्माण गर्न सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो। उक्त प्राधिकरणले नै भूकम्पबाट क्षतिग्रस्त, सार्वजनिक तथा निजी संरचनाहरुको निर्माण गरेको थियो। 

पुनर्निर्माण प्राधिकरणको नेतृत्व गरिसकेका नेपाली कांग्रेसका नेता गोविन्द राज पोखरेलले भूकम्पपछि कर्णालीमा तत्कालै गर्नुपर्ने कामहरुलाई ६ बुँदामा उल्लेख गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता छन् पोखरेलका सुझाव: 

१) सर्वप्रथम जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा सबैतहका सरकार र अरु संघसस्थाहरूले राहत, उद्धारमा काँधमा काँध जोडौ। चुस्त एकद्वार प्रणाली अपनाऔँ।

२) २०७२मा जस्तै दुई पाता जस्ता वा अन्य सामाग्री प्रयोग गरी आवश्यकतानुसार जाडोमा अस्थायी बस्ने ठाउँ  (बाँसढुंग्रे) बनाउने अभियान स्थानीय सरकारले सहयोगी सरोकारवालासँग समन्वय गरी गरौँ। किनकि पुनर्निर्माणमा समय लाग्छ।

1648537819_govinda raj pokhrel.jpg
गोविन्द राज पोखरेल (फाइल तस्बिर)

३) राष्ट्रिय योजना आयोगले प्रदेशका आयोगसँग मिलेर आवश्यकताको आकलन गरौँ। भाग १– अहिले क्षति भएकोलाई पुनर्निर्माण गर्न, भाग २– नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश जोखिमयुक्त बस्ती र घर तथा सार्वजनिक भवनहरूलाई प्रबलीकरण गर्न आवश्यक रकम र कार्ययोजना १ महिनामा सबै स्थानीय सरकारको सहयोगमा तयार गरौँ। 

Xtrem

Xtrem

४) सम्बन्धित पालिका, प्रदेश सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मिलेर स्थानीय सरकारले क्षमता विकास, सीप विकास, पुनर्निर्माण, प्रबलीकरण र आवश्यकतानुसार जोखिम बस्ती स्थानान्तरण गरौँ ।

५) यहीबेला सरकारले डिल्लिराज खनाल लगायत अरु समिति/आयोगका सार्वजनिक खर्च कटौतीका सुझाव लागू गरौँ। आन्तरिक रुपमा र बाहिरी सहयोगबाट आवश्यक रकमको जोहो गरौँ।

६) हामीसँग पुराना कार्ययोजना, कार्यविधि, मापदण्ड, सफलता र विफलताका कथा र सम्झना छन्, तिनीहरूको प्रयोग गरेर प्रभावित परिवार, समुदाय र भविष्यमा प्रभावित हुनसक्ने जोखिम समुदायलाई दरिलो र बलियो बनाऔँ। 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
सम्बन्धित सामग्री
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै जडीबुटी खोज्न हुम्ला-मुगु सीमावर्ती मिमी पाटन पुगेका मुगुका तीन जनाको मृत्यु भएको छ। शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ६:०० बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्