• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

खुट्टा सुन्नियो भने कसलाई जँचाउने ?

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०९:०८
1140x725

खुट्टा सुन्निनु एउटा साधारण समस्या हो । यसको कारण अति सरलदेखि अत्यन्तै जटिलसम्म हुन सक्छ । त्यसैले खुट्टा सुन्निएको छ भने, तुरुन्तै कारणको बारेमा जाँच गर्नुपर्छ । खुट्टाको हड्डी वा गोलीगाँठो भन्दा माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो देखिन्छ । औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ । सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गा¥हो हुन सक्छ । जुत्ता लगाउँदा गा¥हो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदिखुट्टा सुन्निएको कारणले हुन सक्छ ।

एउटा खुट्टा सुन्निए पछि के गर्ने ?

सामान्यतया दुइटै खुट्टा सुन्निछ, तर कहिलेकाँहि एउटा खुट्टा कम सुन्निएको हुनसक्छ । विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निछ । एउटा खुट्टामात्रै सुन्निएको छ भने तुरुन्तै कारण पत्ता लगाउनु पर्छ । खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ । यसलाई डीप भेन थ्रोम्बोसिस भनिन्छ । रक्तनलीमा रगत जमेर रक्त सञ्चालन नभएर एउटा मात्रै खुट्टा सुन्निन सक्छ ।

खुट्टा सुन्निने के के कारण हुन सक्छन् ?

खुट्टा सुन्निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन् । मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि प्रमुख कारणहरु हुन् । त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन् । यसको लागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ ।
कहिले काहिँखुट्टा सुन्निने सामान्य कारण पनि हुनसक्छ । जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तैः सवारी चालक र गार्ड आदि । यसको लागि पीर गर्नु पर्दैन । यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुर्दैन । औषधीको कारणले पनि खुट्टा सुन्निन सक्छ । मोटोपना पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन् । यदि औषधिका कारणले सुन्निएको हो भने औषधी परिवर्तन गरेको १–२ हप्तामा घट्छ ।

nimb
nimb
Ncell 2
Ncell 2

मुटु वा मृगौलाको कारणले सुन्निएको कसरी थाहा पाउने ?

मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दै जाँदा सुन्निएको घट्न थाल्छ । मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ । तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ । मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको हुन्छ । बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ । खुट्टा सँगसँगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ । तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुराको टुङ्गो लाग्छ । त्यसको लागि छातीको एक्सरे, इ.सी.जी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ ।

खुट्टामा सुन्न्निएको कम गर्न अरु के गर्न सकिन्छ ?

गुरुत्वाकर्षणको कारणले खुट्टाको रक्तनलीमा दबाब हुन्छ । त्यसैले खुट्टामा सुन्निने संभावना बढी हुन्छ । तसर्थ सकेसम्म बस्ने बेलामा खुट्टालाई टेबुलमा राख्ने र सुत्ने बेलामा एउटा खुुट्टालाई सिरानीको माथि राख्नु राम्रो हुन्छ । यसबाट खुट्टा सुन्निएको कम हुन्छ ।

खुट्टा सुन्निएको कम गर्न पिसाब बढी लगाउने औषधी सम्बन्धित विशेषज्ञलाई नदेखाइ कहिल्यै खानु हुँदैन । यसले कमजोरी गराउँछ र अचानक मुटुको समस्या पनि निम्त्याउन सक्छ ।

खुट्टा सुन्नियो भने कसलाई जँचाउने ?

खुट्टा सुन्निएमा तुरुन्तै आत्तिनु हँदैन  खुट्टा मात्रै सुन्निनु र अरु केही लक्षण (जस्तै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाब कम हुनु) नहुनुलाई जटिल समस्याको रुपमा मानिदैन । तर, माथि लेखेको कुनै समस्या पनि खुट्टा सुन्निने सँगै छ भने तुरुन्त मेडिकल परामर्श लिनुपर्छ । यसमा धेरै जसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकाले मुटुरोग विशेषज्ञलाई भेट्नुपर्ने जरुरी हुन्छ । मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ । प्रारम्भिक जाँचमै (पिसाब र मृगौलामा खराबी देखिएमा नेफ्रोलोजिष्ट (मृगौला रोग विशेषज्ञ) लाई भेट्नु जरुरी हुन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय विदेश सचिव मिस्री नेपाल आउने
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
सुनको मुल्य बढ्यो
सम्बन्धित सामग्री
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो कार्यालय प्रमुख मनोजप्रसाद पटेलले पर्सा जिल्लामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रफलमा अतिक्रमण हटाउने कार्य सुरुआत गरिएको जानकार... आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु जिल्लाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो। आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला... आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो आइतबार, वैशाख १३, २०८३
सुनको मुल्य बढ्यो आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्