काठमाडौं– जाजरकोटमा शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा भूकम्पको पराकम्प महसुस भएको छ।
भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको पराकम्प महसुस भएको हो।
गएराति ११: ४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडालाई नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि चार ठूला धक्का महसुस भएको थियो भने १०० सयभन्दा धेरै साना पराकम्पन गएका थिए।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १३८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।