• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बच्चा जन्माउने योजनामा हुनुहुन्छ? ६ कुरामा ध्यान दिनुहोस्

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०८:३०
1140x725

गर्भ रहनुभन्दा अगाडिको समयलाई पूर्वगर्भावस्था भनिन्छ। बच्चा जन्माउन चाहने दम्पत्ती गर्भधारणअघि सचेत हुन सके गर्भअवस्थामा आउने जटिलता कम गर्न सकिन्छ। साथै, स्वस्थ नवजात शिशुको जन्ममा सहयोग पुग्छ। यसले गर्दा मातृशिशु मृत्युदर पनि कम हुन्छ। तर, हाम्रोजस्तो विकासोन्मुख देशमा यसबारे धेरै मानिसमा ज्ञान हुँदैन।

पूर्वगर्भावस्थाको अवधिमा दम्पत्तीले स्वास्थ्य अवस्था अनुकूल गराउने गतिविधिलाई पूर्व गर्भावस्थामा गरिने हेरचाह भनिन्छ। गर्भधारणभन्दा तीन महिनादेखि लिएर एक वर्षअघिबाट पूर्वगर्भावस्थाको हेरचाहको समय सुरु हुन्छ।

गर्भावस्थाका लागि महिलाको उमेर २० देखि ३० वर्ष बीचको समय उपयुक्त मानिन्छ।

पूर्वगर्भावस्थामा हेरचाह पुग्यो भने यस्ता फाइदा लिन सकिन्छः

१. आमा र बच्चाको स्वास्थ्यमा सुधार,

२. स्वास्थ्यमा केही समाधान गर्न सक्नेखालका समस्या भए पनि सुरक्षित गर्भावस्था,

३. आमाको पोषणमा सुधार,

४. गर्भावस्थाको राम्रो नतिजाका लागि श्रीमानको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुराको बोध,

nimb
nimb
Ncell 2
Ncell 2

५. मानसिक रुपमा स्वस्थ हरन मद्दत,

६. अनिच्छित गर्भाअवस्था र गर्भपतनदरमा कमी, आदि।

ध्यान दिनुपर्ने कुराहरुः

१. स्वास्थ्यः स्वास्थ्यमा जटिलता ल्याउने समस्या पत्ता लगाउन सकिन्छ। जस्तैः आमाको स्वास्थ्य स्थिति, मधुमेह, रक्क्तअल्पता, उच्च रक्तचाप, आमाको मानसिक अवस्था आदि बारे ध्यान दिन सकिन्छ। आमाको शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरु पहिले नै न्यूनीकरण गरेर गर्भावस्थालाई सहज बनाउन सकिन्छ।

२. खोपः रुवेला, हेपाटाइटिस, टिटी विरुद्धको खोप पनि पूर्व गर्भावस्थामा आमाले लगाउन सक्छिन्। यसले गर्भावस्थामा हेपाटाइटिस, टिटनास, रुबेला भाइरसले गर्दा हुने जटिलता (गर्भपात वा भूण्र विकासमा आउने समस्या आदि) न्यूनीकरण गर्न सकिन्छ।

३. औषधिः पूर्वगर्भावस्थामा महिलाले कम्तिमा पनि तीन महिनाअघिबाट फोलिक एसिड खानुपर्छ। यसले गर्दा आमा अनि बच्चालाई निम्न फाइदा पुग्छः

– बच्चाको वजनमा बृद्धि,

– आमाको शरीरमा आइरनको कमी हुनबाट रोक,

– रक्तअल्पत्तामा सुधार,

– तन्त्रिका ट्युबको दोष (न्युरल ट्युब डिफेक्ट) घटाउँछ।

४. पोषणः  पूर्वगर्भावस्थाको समयमा नै आमाको शरीरमा सम्पूर्ण पोषण तत्वको मात्रा पुगेको हुनुपर्दछ। शिशुको वृद्धि विकास आमाले सेवन गर्ने पौष्टिक आहारबाट नै हुने भएकाले पूर्वगर्भावस्थादेखि नै आमाले आफ्नो स्वास्थ्यप्रति निकै सचेत भएर अघि बढ्नुपर्छ। र, आफ्नो आहारमा पनि उत्तिकौ ध्यान दिनुपर्छ।

५. धूमपान तथा मद्यपानः आमा–बुबा दुवैले पूर्वगर्भावस्थाको समयबाट नै धूमपान तथा मद्यापान त्याग्नु पर्छ। पुरुषले पूर्वगर्भावस्थामा धूमपान तथा मद्यपान गरे भने निम्न असर पर्न सक्छ।

– गर्भपतन,

– अनावश्यक गर्भधारण,

– असामान्य वीर्य उत्पादन,

– नवजात शिशुमा शारीरिक र मानसिक असामान्यता, आदि।

६. अनुवंशिक स्क्रिनिङ र आमाबाबु परामर्शः आमाबाबु दुवैले वंशाणुगत कुनै रोग छन् कि भनेर स्वास्थ्य परीक्षण गर्नुपर्छ। ताकि नवजात शिशुमा त्यसको असर कम परोस्। साथै, पूर्वगर्भावस्थामा गर्नुपर्ने सम्पूर्ण हेरविचारबारे स्वास्यकर्मीसँग परामर्श लिनुपर्छ।

पूृर्वगर्भावस्थाको समयबारे अहिले पनि जनचेतनाको कमी देखिन्छ। त्यसलाई कम गर्न सरकारी स्तरबाट निम्न कदम चाल्न आवश्यक छ।

– शिक्षा, जानकारी अनि परामर्शको पँहुचमा सुधार ल्याउनुपर्छ। विद्यालय स्तरबाट नै पाठ्यक्रममा यी विषय समावेश गरेर जनचेतना बढाउने।

– समुदाय स्तरमा पूर्वगर्भावस्थाबारे सेवा तथा सुविधाको व्यवस्था गर्ने।

– आमसञ्चार माध्यमबाट जनचेतना जगाउने क्रियाकलापलाई अघि बढाउने।

पूर्वगर्भावस्थाको समयमा राम्रो हेरविचार तथा परामर्श पाएको खण्डमा गर्भावस्थाको समयमा आइपर्ने विभिन्न जटिलताबाट मुक्ति पाउन सकिन्छ। आमा र शिशुको स्वास्थ्य राम्रो हुने भएकाले यसबारे सबैले चासो राख्नुपर्छ।

(बगाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमएस्सी नर्सिङमा अध्ययनरत छिन्)

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय विदेश सचिव मिस्री नेपाल आउने
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
सुनको मुल्य बढ्यो
सम्बन्धित सामग्री
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो कार्यालय प्रमुख मनोजप्रसाद पटेलले पर्सा जिल्लामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रफलमा अतिक्रमण हटाउने कार्य सुरुआत गरिएको जानकार... आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु जिल्लाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो। आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला... आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो आइतबार, वैशाख १३, २०८३
सुनको मुल्य बढ्यो आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्