बुटवल– रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा सोमबार एक महिलाको शव फेला परेको छ।
स्थानीयबासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिए।
अन्दाजी २३ वर्षीया ती महिलाको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ।
घटनाको बारेमा अनुसन्धान भइरहेको निरीक्षक बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।