सल्यान–जिप दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि बागचौर नगरपालिका—१० का ५५ वर्षिया हुकुमी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। शारदा नगरपालिका
१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जिप डाँगीमोडमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी वीरेन्द्र बहादुर शाहीका अनुसार दुर्घटनामा परी हुकुमीका श्रीमान ६५ वर्षिय बलबहादुर बिक र जिप चालक बागचौर कै कमल विक घाइते भएका छन्।
घाइते बलबहादुर र कमलको श्रीनगरमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।