• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतले निर्यातमा कडाई गर्दा नेपाली बजारमा ६० प्रतिशतले बढ्यो प्याजको मूल्य

64x64
कल्पना घिमिरे बुधबार, कात्तिक १५, २०८०  २०:२५
1140x725

काठमाडौं– असोजको अन्तिम साता कालीमाटी फलफूल तथा तरकारी बजारमा सुकेको प्याजको औसत मूल्य ७६.४० रुपैयाँ रहेको थियो। कात्तिकको दोस्रो सातमा आइपुग्दा प्याजको मूल्य बढेर १२२.५० रुपैयाँ पुगेको छ।

जसअनुसार दुई सातामै प्याजको थोक मूल्य प्रतिकिलो ६०.३४ प्रतिशतले बढेको पाइएको छ। थोक मूल्यमै ६० प्रतिशतले बढ्दा खुद्रा बजारमा प्याजको मूल्य दोब्बरभन्दा बढीले बढेको व्यवसायीहरु बताउँछन्।

मंगलबार प्याजको थोक मूल्य न्यूनतम प्रतिकिलो १२० रुपैयाँदेखि अधिकतम १२५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। असोजको अन्तिम सातामा कालीमाटीमा उक्त प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ७८ रुपैयाँ रहेको थियो। त्यतिबेला खुद्रा बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको थियो। 

अहिले खुद्रा बजारमा प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँदेखि १७० रुपैयाँसम्म पर्न थालेको छ। दुई सातामै प्याजको मूल्य दोब्बरभन्दा बढीले वृद्धि हुँदा आफूहरु मारमा परेको उपभोक्ताहरुको गुनासो छ। 

भारतले निर्यातमा कढाई गर्दा बढ्यो मूल्य
भारतले प्याज निर्यातमा मूल्य वृद्धि गरी कडाई गरेसँगै नेपाली बजारमा यसको प्रभाव परेको प्याज व्यवसायीहरु बताउँछन्। तर, भारतले निर्यातमा कढाई गर्नुअघि नै बजारमा प्याजको मूल्य बढेको पाइएको छ।

गत असोज दुई गते नै कालीमाटी तरकारी बजारमा प्याजको मूल्य ५०.१२ प्रतिशतले बढेको समितिले जनाएको छ। त्यतिबेला ५०.१२ प्रतिशतले बढेर प्याजको मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ८४ रुपैयाँ पुगेको थियो।

गत शनिबार (कात्तिक ११ गते) मात्रै भारतको वाणिज्य व्यापार मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार महानिर्देशनालयले सुकेको प्याज निर्यातमा कडाई गर्न एक सूचना जारी गरेको छ। भारतमा उत्पादन हुने बैंकलोर रोज र कृष्णपुरम जातको सुकेको प्याजको निर्यात मूल्य न्यूनतम ८ सय अमेरिकी डलर प्रति मेट्रिकटन हुनुपर्ने उल्लेख छ। सो नियम आगामी डिसेम्बर अन्तिम (पुस दोस्रो साता) सम्म कायम रहने उक्त सूचनामा उल्लेख छ।

आन्तरिक बजारमा प्याजको मूल्यमा भएको वृद्धि र यसले उपभोक्तामा पर्ने महँगी नियन्त्रण गर्न भारतले प्याजको निर्यातलाई थप महँगो बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार भारतीय बजारमा पछिल्लो २ सातामा प्याजको मूल्य १६ प्रतिशतसम्मले बढेर भारु ८० रुपैयाँ (१ सय २८ नेपाली रुपैयाँ) प्रतिकिलोसम्म पुगेको पाइएको छ।

Ncell 2
Ncell 2

यसका साथै भारतले निर्यातमा पनि उच्च मूल्यवृद्धि गरेपछि यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। असोजको अन्तिम सातामा नेपाली खुद्रा बजारमा प्रतिकिलो ८० रुपैयाँमा पाइने भारतीय सुकेको प्याजको मूल्य अहिले १४० देखि १७० रुपैयाँसम्म पर्न थालेको हो।

शत प्रतिशत प्याज भारतबाट आयात
नेपालीको भान्सामा खपत हुने शत प्रतिशत प्याज भारतबाटै आयात हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्।

चालू आर्थिक वर्ष (२०८०/८१) को तीन महिना (साउनदेखि असोज मसान्तसम्म) मा मात्रै १ अर्ब ३३ करोड १४ लाख ८१ हजार रुपैयाँको ३२,१७५.७९ मेट्रिक टन प्याज आयात भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँको १८०१९०.२४ मेट्रिक टन प्याज आयात भएको थियो। 
यस्तै ०७८/०७९ मा ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँको १६८५४०.५६ मेट्रिक टन प्याज आयात भएको थियो। यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँको ६२ हजार ७५४ मेट्रिक टन प्याज आयात भएको थियो। २०७६/०७७ मा ७७ हजार ५४४ मेट्रिक टन प्याज आयात हुँदा २ अर्ब ९७ करोड ६८ लाख ९ हजार रुपैयाँ बाहिरिएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब २६ करोड ९६ लाख १४ हजार रुपैयाँको १ लाख ६७ हजार मेट्रिक टन प्याज आयात भएको थियो।

घट्यो आयात
भारतीय बजारमा प्याजको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको श्रेष्ठको भनाइ छ। प्याजको मूल्य बढेसँगै आयात घट्न थालेको उनी बताउँछन्। असोजमा दैनिक १ लाख ७० हजार किलो प्याज आयात हुँदै आएको उनले बताए। 

तर कात्तिकमाम दैनिक ६० हजार किलो हाराहारीमा मात्रै प्याज आयात हुन थालेको छ। प्याज खरिद गर्दा भारतमै प्रतिकिलो १०७ रुपैयाँ पर्ने र ढुवानी खर्च जोड्दा प्रतिकिलो १२० रुपैयाँ पर्न आउँदा प्याज महँगिएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्