काठमाडौं– वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनासँगको आक्रमणमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ।
इजरायली सेनाले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको हो। साथै अन्य ६ जना घाइते भएको बताइएको छ। झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ।
क्याम्पमा प्यालेस्टाइनी लडाकू र इजरायली सेनाबीच झडप भएको थियो। मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वर्षीय वाम इयाद हानौन रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।