काठमाडौं– मंगलबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १६औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रदर्शनी आयोजना गरेको हो।
-1698826999.jpg?timestamp=1698827030926)
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको उक्त प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १८ गतेसम्म रहने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ।
-1698826999.jpg?timestamp=1698827030926)
गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बताए।
-1698826997.jpg?timestamp=1698827030926)
प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनीसमेत रहेकोले गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने उनले बताए।
-1698826997.jpg?timestamp=1698827030926)
प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्म र ५० गोदावरीको कट फ्लावर रहेका छन्।
-1698826995.jpg?timestamp=1698827030926)
‘मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टललाई पनि पुरस्कृत गरिने छ। प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ठ हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ,’ उनले भने।
-1698826995.jpg?timestamp=1698827030926)
प्रदर्शनीमा व्यवसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र सूचनामूलक ५ गरि जम्मा ६२ वटा प्रदर्शनी स्टल रहेका छन्। विगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेला लाग्ने भएको छ।
-1698826993.jpg?timestamp=1698827030926)
गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्नुका साथै एक करोडभन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष तामाङले बताए।
-1698826993.jpg?timestamp=1698827030926)
हाल नेपालमा ४८ जिल्लाको करिब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानको तथ्याकं छ। पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजारभन्दा बढी जनशक्ति संलग्न रहेको उनको भनाइ छ।
-1698826991.jpg?timestamp=1698827030926)
-1698826991.jpg?timestamp=1698827030926)
-1698826989.jpg?timestamp=1698827030926)
-1698826987.jpg?timestamp=1698827030926)
-1698826987.jpg?timestamp=1698827030926)
-1698826985.jpg?timestamp=1698827030926)
-1698826985.jpg?timestamp=1698827030926)
-1698826983.jpg?timestamp=1698827039914)
-1698826983.jpg?timestamp=1698827039914)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।