• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पाँचखालमा दर खाँदा ४ सय ४५ जना बिरामी

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ००:५१
1140x725

काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका वडा नं १२ मा शुक्रबार दर खाएर ४ सय ४५ जना बिरामी परेका छन्। पछिल्लो जानकारी अनुसार दर खाएर बिरामी परेका १ सय २८ जना अस्पतालमा भर्ना भएका छन् भने बाँकी उपचार गरी घर फर्किएका छन्।

अस्पतालमा उपचाररत बिरामीमध्ये  ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई आइसियूमा राखी उपचार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले जानकारी दिए। बिरामीलाई धुलिखेल, बनेपा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेको एसपी खड्काले बताए।

खड्काका अनुसार शिर मेमोरियल अस्पतालमा ६३, बनेपा हस्पिटलमा ४, धुलिखेल अस्पतालमा ५२, कान्ति अस्पतालमा ४ र पाटन अस्पतालमा ९ जना उपचाररत छन्। अस्पतालमा उपचार गरेर फर्किएका केही पुनः बिरामी भएको हुँदा बिरामी उपचार गराउनेको संख्या घटबढ भइरहेको नेकपाका नेता एवं पाँचखालका समाजसेवी कञ्चन अधिकारीले बताए।

अधिकारीका अनुसार उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको छ। 

कसरी भयो घटना?
शुक्रबारको दिन। पाँचखाल नगरपालिका वडा नं १२ मा तीजको दर खाने कार्यक्रम कासकोटेस्थित ग्रामीण स्वाबलम्बन बहुदेश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो। कार्यक्रममा ५ सय ९० जना सहभागी थिए।

सहभागीहरू पाँचखाल नगरपालिका वडा नं ४,७,९,१०,११ र १२बाट सहकारीमा आबद्ध सदस्यहरू रहेका थिए। सहभागी मध्ये ५ सय जनाले दर खाएका थिए। दरमा केराउ, आलु, अचार, पनिर र मिक्स अचार बनाइएको थियो। 

इनारको पानी पिउने पानीको रुपमा प्रयोग गरिएको थियो। दर खाएर सबैजना आफ्ना आफ्ना घर लागे। त्यसको केही घण्टापश्चात दर खानेजति सबैलाई बान्ता हुने, पेट दुख्ने, टाउको दुख्ने लगायतको समस्या भयो। अचानक समस्या बढेपछि कोही बेहोस समेत हुन थाले। एकाएक बिरामीको संख्या बढ्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

दर खाएका मध्ये करीब ४ सय ४५ जना सिकिस्त भएपछि प्रहरीको सहयाेगमा सबै बिरामीलाई उद्धार गरी अस्पताल लगियो।

बनेपा र धुलिखेलमा भएका अस्पतालका सम्पूर्ण शैया भरिएपछि केही बिरामीलाई बाहिर राखेर उपचार गरिएको उद्धारमा संलग्न स्थानीय एक युवाले बताए। 

पानीमा विषादी मिसिएको आशंका
दर खाने क्रममा इनारको पानी प्रयोग गरिएको हुँदा इनारमा विषादी मिसिएको आशंका स्थानीयले गरेका छन्। अस्पतालको रिपोर्टमा भने खाद्यन्नमा नै समस्या देखिएको उल्लेख छ। तर आधिकारीक रिपोर्ट आउन बाँकी रहेको समाजसेवी अधिकारीले बताए।

सहकारीले खाद्यन्न बनेपाको स्थानीय पसलबाट ल्याइएको थियो। पसलमा रहेको खाद्यन्न र प्रयोग भइरहेको पानीको समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। खानामा प्रयोग भएका आइटम ल्याब टेस्टमा लगेर परीक्षण गरिँदै छ।

Xtrem

Xtrem

यद्यपी, आधिकारीक रिपोर्ट भने सोमबार मात्र आउने बताइएको छ। 

उपचारको समन्वयमा पहल
समाजसेवी एवं नेकपाका नेता अधिकारी उद्धारमा सक्रिय रुपमा  खटिरहेका छन्।

घटनापश्चात् नै विभिन्न अस्पताल,जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मन्त्रालयको स्वास्थ्य विभाग र गृहमन्त्रालयमा समेत उनले समन्वय गरिरहेका छन्। ‘जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य विभाग र गृहमन्त्रालयमा समन्वय गरेपश्चात् बिरामीको उपचार सरकारले नै निःशुल्क गराउने भयो।’ अधिकारीले बताए।

उनका अनुसार स्वास्थ्यमा सुधार नभएका बिरामीहरूलाई काठमाडौं रिफर गरिने भएको छ। सरकारले काठमाडौंका सबै सरकारी अस्पताललाई सोमबार बेड खाली राख्ने निर्देशन दिएको छ। त्यसैगरी घटना भएपश्चात नगरका मेयर लगायत सबै जनप्रतिनिधि सक्रिय रुपमा उद्दारमा लागेका अधिकारीले बताए। 

गाउँमा असुरक्षा, स्थानीय युवाको परिचालन 
घटनामा बिरामी पर्नेहरू प्रायः वडा नं १२ का रहेका छन्। बिरामीको संख्या धेरै भएपछि बिरामीसँगै कुरुवा पनि अस्पताल गएकाले गाउँ शून्य भएको छ।

गाउँमा चोरी हुने सम्भावना बढेपछि स्थानिय युवा सक्रिय भई सुरक्षामा खटेका छन्। बेलुकीको समयमा गाउँमा अर्को आपराधिक घटना हुन नदिन विशेष सुरक्षाको पहल गरिएको वडा अध्यक्ष गोपाल दनुवारले बताए। ‘हामी हिजो बिहानदेखि नै उद्धारमा खटेका थियौँ। बेलुकी युवाहरू परिचालन गरेर सुरक्षाको काममा लाग्यौँ, घरमा गस्ती गर्ने काम गरिरहेका छौं’ उनले भने। 

पाँचखाल नगरपालिकामा आयोजना गरिएका तीज विशेष दर खाने सबै कार्यक्रमहरू स्थगित गरिएको वडा अध्यक्ष दनुवारले बताए। 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ००:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
सम्बन्धित सामग्री
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। बङ्गालको खाडीमा रहेको बलियो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) भारतको... शुक्रबार, असोज ९, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्