• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पाँचखालमा दर खाँदा ४ सय ४५ जना बिरामी

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ००:५१
1140x725

काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका वडा नं १२ मा शुक्रबार दर खाएर ४ सय ४५ जना बिरामी परेका छन्। पछिल्लो जानकारी अनुसार दर खाएर बिरामी परेका १ सय २८ जना अस्पतालमा भर्ना भएका छन् भने बाँकी उपचार गरी घर फर्किएका छन्।

अस्पतालमा उपचाररत बिरामीमध्ये  ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई आइसियूमा राखी उपचार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले जानकारी दिए। बिरामीलाई धुलिखेल, बनेपा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेको एसपी खड्काले बताए।

खड्काका अनुसार शिर मेमोरियल अस्पतालमा ६३, बनेपा हस्पिटलमा ४, धुलिखेल अस्पतालमा ५२, कान्ति अस्पतालमा ४ र पाटन अस्पतालमा ९ जना उपचाररत छन्। अस्पतालमा उपचार गरेर फर्किएका केही पुनः बिरामी भएको हुँदा बिरामी उपचार गराउनेको संख्या घटबढ भइरहेको नेकपाका नेता एवं पाँचखालका समाजसेवी कञ्चन अधिकारीले बताए।

अधिकारीका अनुसार उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको छ। 

कसरी भयो घटना?
शुक्रबारको दिन। पाँचखाल नगरपालिका वडा नं १२ मा तीजको दर खाने कार्यक्रम कासकोटेस्थित ग्रामीण स्वाबलम्बन बहुदेश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो। कार्यक्रममा ५ सय ९० जना सहभागी थिए।

सहभागीहरू पाँचखाल नगरपालिका वडा नं ४,७,९,१०,११ र १२बाट सहकारीमा आबद्ध सदस्यहरू रहेका थिए। सहभागी मध्ये ५ सय जनाले दर खाएका थिए। दरमा केराउ, आलु, अचार, पनिर र मिक्स अचार बनाइएको थियो। 

इनारको पानी पिउने पानीको रुपमा प्रयोग गरिएको थियो। दर खाएर सबैजना आफ्ना आफ्ना घर लागे। त्यसको केही घण्टापश्चात दर खानेजति सबैलाई बान्ता हुने, पेट दुख्ने, टाउको दुख्ने लगायतको समस्या भयो। अचानक समस्या बढेपछि कोही बेहोस समेत हुन थाले। एकाएक बिरामीको संख्या बढ्न थाले।

Ncell 2
Ncell 2

दर खाएका मध्ये करीब ४ सय ४५ जना सिकिस्त भएपछि प्रहरीको सहयाेगमा सबै बिरामीलाई उद्धार गरी अस्पताल लगियो।

बनेपा र धुलिखेलमा भएका अस्पतालका सम्पूर्ण शैया भरिएपछि केही बिरामीलाई बाहिर राखेर उपचार गरिएको उद्धारमा संलग्न स्थानीय एक युवाले बताए। 

पानीमा विषादी मिसिएको आशंका
दर खाने क्रममा इनारको पानी प्रयोग गरिएको हुँदा इनारमा विषादी मिसिएको आशंका स्थानीयले गरेका छन्। अस्पतालको रिपोर्टमा भने खाद्यन्नमा नै समस्या देखिएको उल्लेख छ। तर आधिकारीक रिपोर्ट आउन बाँकी रहेको समाजसेवी अधिकारीले बताए।

सहकारीले खाद्यन्न बनेपाको स्थानीय पसलबाट ल्याइएको थियो। पसलमा रहेको खाद्यन्न र प्रयोग भइरहेको पानीको समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। खानामा प्रयोग भएका आइटम ल्याब टेस्टमा लगेर परीक्षण गरिँदै छ।

यद्यपी, आधिकारीक रिपोर्ट भने सोमबार मात्र आउने बताइएको छ। 

उपचारको समन्वयमा पहल
समाजसेवी एवं नेकपाका नेता अधिकारी उद्धारमा सक्रिय रुपमा  खटिरहेका छन्।

घटनापश्चात् नै विभिन्न अस्पताल,जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मन्त्रालयको स्वास्थ्य विभाग र गृहमन्त्रालयमा समेत उनले समन्वय गरिरहेका छन्। ‘जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य विभाग र गृहमन्त्रालयमा समन्वय गरेपश्चात् बिरामीको उपचार सरकारले नै निःशुल्क गराउने भयो।’ अधिकारीले बताए।

उनका अनुसार स्वास्थ्यमा सुधार नभएका बिरामीहरूलाई काठमाडौं रिफर गरिने भएको छ। सरकारले काठमाडौंका सबै सरकारी अस्पताललाई सोमबार बेड खाली राख्ने निर्देशन दिएको छ। त्यसैगरी घटना भएपश्चात नगरका मेयर लगायत सबै जनप्रतिनिधि सक्रिय रुपमा उद्दारमा लागेका अधिकारीले बताए। 

गाउँमा असुरक्षा, स्थानीय युवाको परिचालन 
घटनामा बिरामी पर्नेहरू प्रायः वडा नं १२ का रहेका छन्। बिरामीको संख्या धेरै भएपछि बिरामीसँगै कुरुवा पनि अस्पताल गएकाले गाउँ शून्य भएको छ।

गाउँमा चोरी हुने सम्भावना बढेपछि स्थानिय युवा सक्रिय भई सुरक्षामा खटेका छन्। बेलुकीको समयमा गाउँमा अर्को आपराधिक घटना हुन नदिन विशेष सुरक्षाको पहल गरिएको वडा अध्यक्ष गोपाल दनुवारले बताए। ‘हामी हिजो बिहानदेखि नै उद्धारमा खटेका थियौँ। बेलुकी युवाहरू परिचालन गरेर सुरक्षाको काममा लाग्यौँ, घरमा गस्ती गर्ने काम गरिरहेका छौं’ उनले भने। 

पाँचखाल नगरपालिकामा आयोजना गरिएका तीज विशेष दर खाने सबै कार्यक्रमहरू स्थगित गरिएको वडा अध्यक्ष दनुवारले बताए। 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ००:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्ति सुरक्षा... मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन अदालतले प्रणालीको गुणस्तर तथा तोकिएका मापदण्ड पालना भएको/नभएको परीक्षण गर्न विज्ञहरूको टोली गठन गर्ने र खरिद प्रक्रियासँग सम्बन्धित... मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र काग... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्