काठमाडाैं– भारतको पुनेमा २५–३१ मा हुने बिम्स्टेक राष्ट्रका सैनिकहरुको संयुक्त युद्ध अभ्यासमा नेपालको तर्फबाट ३ सैनिक अधिकृत सहभागी हुने भएका छन्।
पुनेमा सोमबारबाट सुरु हुने युद्ध अभ्यासमा सहभागी हुन उनीहरु भारत पुगिसकेका छन्।
तर, उनीहरुको सहभागिता अब पर्यवेक्षकको रुपमा सीमित हुनेछ।
भारतीय सञ्चार माध्यमले पनि नेपालको तर्फबाट ३ सैनिक अधिकृत युद्ध अभ्यासमा पर्यवेक्षकको रुपमा सहभागी हुने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।