काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दशैं (विजया दशमी) को नवौं दिन नवकन्याहरुको पूजा गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेका हुन्।
विजया दशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।
विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ।
वैदिक सत्य सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिएको हो।
यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शीतलनिवासमै नवकन्याहरुको पूजा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।